कोलोराडोको लङमन्टमा स्थानीय सरकार तथा संस्थाकोहरूको सहयोगमा नेपाली जात्रा हुदै।
✍️नातिबाबु भट्ट, कोलोराडो अमेरीका।नेपालीहरुको बाक्लो बसोवास रहेको कोलोराडोको लङमन्टमा स्थानीय सरकार तथा स्थानीय संघ संस्थाहरूको सहयोग तथा समन्वयमा नेपाली जात्रा कार्यक्रमको आयोजना हुने भएको छ ।
स्थानीय सुनन्दा डंगोलको नेतृत्व तथा कोलोराडोमा कृयाशिल नेवाःखल, शेर्पा एसोसियसन कोलोराडो, तमुपेलु लगायत बिभिन्न नेपाली संघ संस्थाहरुको बिशेष प्रस्तुती रहने नेपाली जात्रा, आगामी जुलाई ३० तारिक आइतबार दिउसो १ बजे देखि ४ बजेसम्म लङमन्ट म्यूजियम तथा कल्चर सेन्टरमा जात्रा हुन लागेको हो । जात्रामा लाखे, कुमारी, तथा अन्य बिभिन्न समुदायका आ–आफ्नो पहिचाहन झल्कने सांस्कतिक कार्यक्रमहरू प्रर्दशन गरिने योजना रहेको सुनन्दाले बताएकी छिन् ।
हामी नेपालीहरुले अहिले सम्म हाम्रै समुदाय लक्षित कार्यक्रम मात्र गर्दै आएका छौ । यसबाट यहाका स्थानिय सरकारलाई हामी को हौं, काहांबाट आयौ, हाम्रा सांस्कृतिक चाल चलन के कस्ता छन् भन्ने केही थाहा हुदैन । तर यो नेपाली जात्रा कार्यक्रम भनेको यहाका स्थानीय दर्शक लक्षित कार्यक्रम हो । सबै दर्शकहरुलाई निशुल्क प्रवेश हुने कार्यक्रम भएकोले यहाका स्थानीयको उल्लेख्य सहभागीता रहने डंगोलको विश्वास छ । जसबाट हाम्रो परीचय संगै थोरै भएपनि नेपाली भाषा संस्कृतीको संरक्षण तथा पहिचाहनमा टेवापुग्ने उनको दावी छ । सिटी अफ लङमन्ट तथा स्थानिय भाषा संस्कृती संग संम्बन्धित संस्थाहरूले कार्यक्रमको प्रचार प्रसार गरिदिने भएकाले स्थानीयहरु हाम्रो कार्यक्रम हेर्न आउने उनी बताउछिन् ।
त्यसैगरी कोलोराडो स्थित नेपाली यूवाहरूको संस्था नेप्लिज स्टूडेण्ट एसोसियसनले पनि उक्त समारोहमा नेपाली गीत गाउने, नाच्ने तथा नेपाली संस्कृती झल्कने बिभिन्न जनजातिको पहिरहनमा फेशन सो प्रदर्शन कार्यक्रम रहेको एसोसिएसनका इभेन्ट कोर्डिनेटर शुदिक्षा भट्ट बताएकी छिन् । यहां रहेका अधिकांश संघ संस्थाले धेरै अगाडी देखि उठाउदै आएको मुद्दा पुस्तान्तरण हो । यस कार्यक्रममा यूवाहरूको संस्थालाइ सहभागीता गराइ उनिहरूको छनौटमा बिभिन्न् सांस्कृतीक कार्यक्रम समाबेश गराइ सकारात्मक प्रभाव पार्न खोजेको देखिन्छ ।
स्थानीय आदिवासी धेरै कम भएको अमेरीकामा संसार भरीका मानिसहरुको बसोबास रहेको छ । बिभिन्न देशका मानिसहरु आउंदा उनिहरुको भाषा संस्कृती संगै आएको हुन्छ । त्यस्ता भाषा संस्कृतीको जगेर्ना गर्न यहाका हरेक सिटीले कार्यक्रम बनाएको हुन्छ । त्यस्ता कार्यक्रमहरु सिटीसंग समन्वय गरेर यिनीहरुका माझ कार्यक्रम देखाउदै जान सकेमात्र हाम्रो पहिचाहन गराउन सकिन्छ ।
त्यसैले कोलोराडोमा रहेका बिभिन्न जातिय संघ संस्थाहरुलाई उक्त दिन आ –आफ्ना भेषभुषा संस्कृती झल्कने कार्यक्रमहरु प्रर्दशन गरी नेपाल र नेपालीको पहिचाहन गराउन कार्यक्रममा सहभागी भईदिनु हुन सुनन्दाले सबैलाई अनुरोध गरेकी छिन् । लङमन्टमा गतबर्ष देखि नेपालीजात्रा कार्यक्रम आयोजना गर्न थालिएको हो ।