कोलोराडोमा दिदीबहिनी समुहको आयोजनामा सामुहिक दरखाने कार्यक्रम भब्यताका साथ सम्पन्न ।

✍️नातिबाबु भट्ट, कोलोराडो अमेरीका।हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी  दिदीबहिनीहरुको एकै ठाउमा भेला भई नाचगान गर्दै सामुहिक दरखाने कार्यक्रम  भब्यताका साथ सम्पन्न भएको छ ।

प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई एक्लो भएको महसुस हुन नदिन र सबै दिदी बहिनी एकै ठाउमा जम्मा भई सुख दुख साटासाट गर्दै,  माईतीको झल्को मेटाउन  सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडोले दरखाने कार्यक्रम आयोजना गरेको हो ।

शनीबार सांझ ५ बजे देखी राती ९ बजे सम्म संचालन भएको तिजको दरखाने कार्यक्रममा  संघ संस्थाका प्रतिनिधी बुद्धीजिवी, गन्यमान्य, समाजसेवी, ब्यवसायी तथा दिदी बहिनी दाजु भाईहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमा माईतीका तर्फबाट कोलोराडोमा सकृय संस्था तमु पेलुका अध्यक्ष चक्र गुरुङले उपस्थित दिदी बहिनीहरुलाई तिज पर्वको उपलक्ष्यमा स्वागत गरे पछि शुरुभएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष धन पौडेलले उपस्थित सबैलाई स्वागत गरेकी थिईन । त्यसैगरी उनले संस्था स्थापनाको उद्धेश्य र कृयाकलाप बारे प्रकाश पारेकी थिईन् । उनले यस्ता कार्यक्रमले प्रवासमा जन्मे हुर्केका बाल बालिका र स्थानियहरुलाई नेपाली भाषा संस्कृतीको पहिचाहन गराउन सहयोग पुग्ने बताउदै कार्यक्रम सफल बनाउन तन मन र धनले सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिईन ।

सन् २०१७ देखी कोलाराडोका दिदी बहिनीहरु संगठीत भएर बिभिन्न सामाजिक, सांस्कृतीक, आर्थिक सहयोग तथा महिला हकहितका लागी निरन्तर अग्रशर हुदै अ।एको सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडो यस बर्ष औपचारिक रुपमा दर्ता भई 501(C) समेत प्राप्त गरिसकेको छ ।

यसरी संस्थाले आर्थिक सहयोग गर्ने क्रममा अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरद्धारा आयोजित नेपाली भाषा शिक्षा पाठशालाको लागी संस्थाका अध्यक्ष राजु सीटौलालाई आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । त्यसैगरी संस्थाले दुवै मृगौला पिडीत धादिङ जिल्ला ज्वालामुखी गाउंपालीका ३ जन्म घर र सिद्धलेक गाउपालिका ७ कर्म घर भएकी शिलाभट्ट खतिवडाको उपचारार्थ नगद सहयोग पिडीतका दाजु नातिबाबु भट्टलाइ हस्तातरण गरिएको थियो ।

दरखाने कार्यक्रमलाई थप मनोरञ्जन प्रदानगर्न नृत्य प्रतियोगीता तथा राफल चिट्टाको कार्यक्रम समेत राखिएको थियो । जसमा राफल चिट्टा प्राप्तगर्ने ३ दिदी बहिनीलाई साडी पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी नृत्य प्रतियोगीतामा विजयी दिदी बहिनीलाई नगद पुरस्कारले सम्मान गरिएको थियो । यसरी प्रथम, द्धितीय र तृतिय भई सम्मानित हुनेहरुमा क्रमश श्रेया पराजुली, रितीका शर्मा र शुष्मा थपलिया तथा कालीमयां रहेका थिए ।

कार्यक्रममा उपस्थित दिदी बहिनीहरुले नाचगान गर्दै दिदीबदिनीहरु आफैले तयार पारेको सेलरोटी, खिर, दहि लगायतका स्वादिष्ट भोजनहरु खादै एक आपसमा शुभकामना साटासाट गरि तिज मनाएका थिए ।

कार्यक्रम एनआरएन कोलोराडो च्याप्टरको हालै निर्वाचित सचिव संगीता लामा लामीछानेले संचालन गरेककी थिईन । समारोहमा तमुपेलुले माइतीको तर्फबाट कोशेली हस्तान्तरण गरेको थियो । त्यसैगरी कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोगगर्ने अन्य सहयोगी संघ संस्था तथा दाताहरुको नाम पढेर सुनाईएको थियो ।