
✍️नातिबाबु भट्ट ,कोलोराडो, अमेरीका।नयां बर्ष २०७९ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले बिभिन्न सांस्कृतीक कार्यक्रम आयोजना गरि एक आपसमा शुभकामना आदान प्रदान गर्ने भएका छन् ।
नेपालीहरुको साझा संस्था रकि माउन्टेण्ड फ्रेण्डस् अफ नेपालको आयोजनामा तथा गायक किरण गजमेरको बिशेष उपस्थितीमा स्थानिय कलाकारहरु शशी रावल, भुवन श्रेष्ठ लगायतका कलाकारहरुको माझ नेपाली नयाबर्ष २०७९ मनाउन लागेका हुन् ।
आगामी अप्रिल १६ तारिकमा ब्रुमफिल स्थित लिगेसी हाईस्कूलमा मनाउन लागिएको कार्यक्रममा कोलोराडो स्थित संघ संस्थाका प्रतिनीधी, गन्यमान्य, बुद्धीजिवी, ब्यवसायी, समाजसेबी, पत्रकार, सर्वसाधारण तथा नेपाल र नेपालीको संस्कृती प्रती आस्था र चासो राख्ने स्थानीय सबैलाई कार्यक्रममा उपस्थित भई एक आपसमा शुभकामना आदाप्रदान गरी नेपाली धर्म संस्कृतीको पहिचाहन गराउने यस कार्यक्रमलाई सहयोग गर्न संस्थाका अध्यक्ष टिका पौडेलले अनुरोध गरेका छन् ।
प्रवासमा जन्मे हुर्केका बाल बालिका तथा स्थानियलाई नेपाल र नेपालीहरुको भाषा संस्कृती, रहन सहन , भेष भुषा पहिचाहन गराउने यस्ता कार्यक्रमहरुमा बाल बालिकाहरुलाई सहभागिता गराई नेपाली भाषा संस्कृतीको संरक्षणमा सहयोग गर्न समेत अध्यक्ष पौडेलले सबैलाई अनुरोध गरेका छन् । अप्रिल १६ तारिक शनिबार सांझ ५ बजे देखि राती १० बजे सम्म संचालन हुने कार्यक्रमको मुख्य प्रायोजक Allstate का Agency Principal शुनिल पाठक रहेका छन् भने कोलोराडो यूथ सोसाईटी सहयोग रहने बताईएको छ ।
कोलोराडोमा स्थापीत नेपालीहरुको सबैभन्दा पुरानो यस संस्थाले कोलोराडोमा नेपाली भाषा संस्कृती संरक्षणका लागी दशैं, नयांबर्ष, समर पिकनिक तथा बिभिन्न चाडपर्वहरुमा सांस्कृतीक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।