कोलोराडोमा २१५० औं ग्यल्पो ल्होसार भब्यताको साथ सम्पन्न ।

✍️नातिबाबु भट्ट, कोलोराडो अमेरीका।कोलोराडो निवासी शेर्पा समुदायले आईतबार २१५० औं ग्यल्पो ल्होसार भब्यताका साथ मनाएका छन् । कोलोराडो वासी शेर्पा परिवारहरुको साझा संस्था शेर्पा नाङपी छोक्पा कोलोराडोको अयोजनामा उनीहरुले २१५० औं ग्यल्पो ल्होसार मनाइएका हुन् । यहां स्थित वोल्डरमा कोलोराडोको विभिन्न शहरबाट शेर्पा परिवारहरु उपस्थित भई स्याब्रु नाच मनोरञ्जनका साथ ल्होसार सम्पन्न भएको शेर्पा नाङपी छोक्पा कोलोराडोका सचिव निमा शेर्पाले बताएका छन् ।

उक्त समारोहमा स्थानीय  वोल्डर शहरका मेयर, कोलोराडोमा सकृय नेपाली संघ संस्थाका पदाधिकारी, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । ल्होसार कार्यक्रम विहान लामा गुरुहरुबाट धार्मीक पुजापाठ गरी शुरु गरिएको थियो ।

संस्थाका सचिव निमा शेर्पाले स्वागत मन्तव्य राख्दै संस्थाको उत्पत्ती , उद्धेस्य, सम्पन्न कार्य विवरण, भावी  योजना प्रष्ट्याएका थिए । उनले भबिष्यमा  कोलोराडोमा शेर्पा गुम्वाको परिकल्पना गरिएको  र यसको निर्माणकोलागी सदस्यहरुबाट  एकलाख पच्पन्न हजार दानगर्ने प्रतिबद्धता आएको जानकारी गराएका थिए ।

बिहान ११ बजे सुरूभएको कार्यकम दिउसो विविध सांस्कृतीक कार्यक्रम,  वेलुका राफल चिट्टाको
कार्यक्रम,स्याब्रु नाचगान संचालन भएको थियो । कार्यक्रमको अन्तमा शेर्पा नाङपी छोक्पा कोलोराडोको अध्यक्ष ङावाङ ओङछुले शेर्पाहरूको सांस्कृतिक पर्व ल्होसार भब्यताकासाथ सम्पन्न पार्न सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका थिए ।  कार्यक्रम राती ११ बजेसम्म रमाईलो नाचगान गर्दै  हर्सोउल्लासका साथ सम्पन्न भएको थियो ।

गत जनवरी ५ तारिकका दिन यही संस्था “शेर्पा नाङपी छोक्पा कोलोराडो” को पहलमा  कोलोराडो स्टेट भवनमा विश्वको सर्वोच्च शिखर सगरमाथाका सफल अरोही  शेर्पाहरूलाइ  गर्भनर जारेड पोलिसले सम्मान गरेका थिए  ।
सोही अवशरमा कोलोराडो राज्य सरकारले शेर्पाहरुलाई सम्मान गरेको जनवरी ५ तारिकको दिनलाई हरेक बर्ष शेर्पा दिवसको रुपमा मनाउने घोषणा गर्भनर जारेड पोलिसल गरेका थिए ।