कोलोराडो राज्यको गर्भनर जारेड पोलिसले गरे सगरमाथा आरोही शेर्पाहरुलाई सम्मान ।
✍️हाम्रो आवाज न्यूज।सगरमाथा आरोहण गर्ने आरोहीहरुलाई कोलोराडो राज्यका गर्भनर जारेड पोलिसले जनवरी ५ तारिख भव्यताको साथ सम्मान गरेका छन । कोलोराडोमा बसोबास गदै आइरहेका सगरमाथा आरोही शेर्पाहरुलाई उक्त सम्मान कार्यक्रमको पहल कोलोराडोमा बसोबास गदै आइरहेका शेर्पाहरुको पुरानो संस्था शेर्पा नाङपी छोक्पाको पहलमा भएको हो।कोलोराडो राज्यको सरकारले सगरमाथा आरोही शेर्पाहरुलाई सम्मान गरेको जनवरी ५ तारिखको दिनलाई अब देखी हरेक बर्ष शेर्पा दिवसको रुपमा मनाउने घोषणा गरेको छ ।
हाम्रो आवाज संगको प्रत्यक्ष कुराकानीमा कोलोराडो शेर्पा नाङपी छोक्पाकोका अध्यक्ष ङ्ववाङ वाङ्छु शेर्पाले अमेरिकाको कोलोराडो राज्य सरकारले गरेको यो सम्मान र अब देखी प्रत्येक बर्ष जनवरी ५ लाई शेर्पा दिवसको रुपमा मनाउने घोषणालाई कोलोराडोमा बसोवास गरिरहेका नेपाली भाषीहरुको गौरबको बिषय भएको बतादै कोलोराडो राज्यका गर्भनर जारेड पोलिसलाई यो महान कार्यको लागी बिशेष धन्यबादै यो बिचमा पुलको काम गरेर सबै संग जोडिदिने कोलोराडो निवासी नारायण श्रेष्ठ र पेम्वा तेन्जीङ शेर्पा प्रति हार्दिक आभार प्रकट गरे ।