नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा देउसी भैलो कार्यक्रमको आयोजना हुदै।

✍️नातिबाबु भट्ट।कोलोराडो अमेरीका।नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोको बिभिन्न शहरमा देउसी भैलो कार्यक्रम आयोजना हुने भएको छ । कोलोराडोमा कृयासिल संस्था नेपाली घरको संयोजन तथा स्थानिय संघ संस्थाहरुको सहयोगमा नेपालीहरुको दोश्रो ठुलो महान चाड शुभ दिपावलीको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना हुन लागेको हो ।

यस अघिका बर्षहरुमा जस्तै यस बर्षपनि शुभकामना आदान प्रदान सहित देउसी भैलो कार्यक्रम आयोजना हुन लागेका स्थानहरुमा नोभेम्वर १ तारीक शुक्रबार सांझ ५ बजे देखी राती ९ बजे सम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा  देउसी भैलो खेलीने कार्यक्रम रहेको छ । त्यसैगरी सोही दिन कोलोराडोको दक्षिणी क्षेत्र अरोरा सेन्टेनियलमा पनि सांझ ५ बजेदेखि ९ बजेसम्म देउसी भैलो खेल्ने कार्यक्रम रहेको नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् ।

नेपाली सास्कृतीक केन्द्र भवनको देउसी भैलोलाई भब्यताका साथ सम्पन्न बनाउन शान्ति भुषाल संयोजक तथा रामचन्द्र पन्तको सह संयोजनमा बाशु खनाल, प्रकाश पौडेल, सुरेश रेग्मी लगायतका सदस्य रहेको मुल समिती गठन भएको छ ।  त्यस्तै कार्यक्रमलाई भब्य तथा सब्यताकासाथ सफल बनाउन बिभिन्न बिषयगत समितीहरु गठन भएका छन् । यसरी गठित समितीहरुमा दिनेश कार्किको संयोजनमा देउसी भैलो सांगितीक समिती, बंशी थापाको संयोजनमा नृत्य तथा मनोरञ्जन समिती, बिकास त्रीपाठीको संयोजनमा अर्थ समिती, कृष्ण थापा मगरको संयोजनमा खाना ब्यावस्थापन समिती, नातिबाबु भट्टको संयोजनमा प्रचार प्रसार समिती, हरी गुरुङको संयोजनमा स्वयंसेवक समिती तथा बसन्त लम्सालको संयोजनमा कार्यक्रम स्थल समिती गठन भएको छ भने कार्यक्रम संचालन दिनेश कार्कि र भोला कटुवालले संयूक्त्त रुपमा गर्ने भएका छन् ।

त्यसैगरी अरोरा सेन्टेनियलको देउसी भैलोलाइ भब्यताका साथ सम्पन्न बनाउन कुमारजंङ कार्किको  संयोजनमा मुल समिती  तथा अन्य बिषयगत समितीहररु गठन भएका छन् । यसरी गठित समितीहरुमा, गंगा चौलागाइको संयोजनमा कार्यक्रम स्थल समिती, जगदिशचन्द्र ढकालको संयोजनमा अर्थ समिती, दिनेश थापाको संयोजनमा खाना ब्यावस्थापन समिती, संजय शाक्यको संयोजनमा मिडीया प्रचार प्रसार समिती, दिपक ढकालको संयोजनमा स्वयंसेवक समिती गठन भएको छ भने, कार्यक्रम संचालनको जिम्मा अर्जनु बगालेले लिएका छन् ।

बिशेष गरि नया पुस्तालाई हाम्रो रहन सहन, भाषा, सस्कृती तथा भेष भुषाको जानाकारी गराउन तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषा र संस्कृतीको पहिचान गराउन कार्यक्रम आयोजना गरिन लागिएको हो । कार्यक्रमले मातृभुमी प्रतिको कर्तब्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको सस्कृती पहिचाहन गराउने नेपाली घरका  अध्यक्ष बसन्त लम्सालले बताएका छन् । यस्ता कार्यक्रमले  नेपालीभाषी समुदायको आस्थाको धरोहर नेपाली सांस्कृतिक केन्द्र  भवनको मर्मत संभार तथा मर्गेज तिर्न समेत सहयोग पुग्ने भएकोले कार्यक्रममा सहभागी भई यथासक्य दान गरिदिनु हुन  सबैलाई अनुरोध गरेका छन् ।

देउसी भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्नुहुने गन्य मान्य, समाजसेवी, कलाकार, पत्रकार, बुद्धि जिवी, ब्यापारी तथा नेपालीभाषी बाआमा, दाजुभाइ, दिदी बहिनी सबैलाई आमन्त्रण गरिएको छ । हाम्रो धर्म, संस्कृती संरक्षण र पहिचाहन गराउन पाईने यस्तो अवसरमा, आयोजकहरुले सकेसम्म सबैलाई आ–आफ्नो जातीय पहिरहन लगाई, बाल बलिकाहरुलाई पनि सहभागी गराई संस्कृती सिक्ने र सिकाउने वाताबरण बनाई दिनु हुन आग्रह गरेका छन् । छुट्टै जातीय पहिरहन नहुनेहरुले सकेसम्म पुरुषहरु दौरा सुरुवाल र महिलाहरु साडी चोलो लगाएर सहभागी भई कार्यक्रमको शोभा बढाई दिनुहुन समेत अनुरोध गरिएको छ ।

कोलोराडोमा नेपाली घरको संयोजन तथा स्थानिय संघ संस्थाको सहभागीतामा हरेक बर्ष देउसी भैलो कार्यक्रमको आयोजना हुदै आएको छ ।