कोरोना बिरुद लड्न सांसद राईले दिए एक महिनाको तलब

प्रतिनिधि सभा सदस्य हेम कुमार राई’सुरबीर’ ले बिश्वब्यापी महामारीको रुप फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको सरकारी अभियानमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन्। कोरोना भाइरसको प्रकोप सामनाका लागि सरकारले स्थापना गरेको आपतकालीन विशेष कोषमा आफ्नो एक महिना बराबरको सेवा सुबिधा उपलब्ध गराउने घोषणा गर्दै सांसद राइले सरकार र जनता मिलेर यो अफ्ठ्यारो अबस्थालाई सामना गर्नु पर्ने बताए ।

सोलुखुम्बुबाट संघीय संसदको प्रतिनिधिसभा सदस्य निर्बाचित राइले अत्यावश्यक कामबिना घरबाहिर ननिस्कन अपिल समेत गरेका छन्। कोरोनाको महामारीबाट बच्नका लागि आंफै सचेत र सतर्क बन्नु बुद्धिमानी ठहरिने बताउंदै सांसद राइले आपतकालीन अवस्थामा जिल्लाबासीहरुलाई कोरोनाको संक्रमणबाट सबै लाई सजक रहन अनुरोध गरे ।