
स्रोत-एजेन्सी । कोरोना भाइरससँग जुध्नको लागि बेलायतलाई लाखौँ डलर जुटाउने क्याप्टेन सर टोम मूरको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । एक सय वर्षका मूरलाई स्वास फेर्न समस्या भएपछि गएको हप्ता अस्पतालमा भर्ना गरिएको थियो ।
निमोनियाको उपचार चलिरहेका बेला उनलाई कोरोना भाइरसको संक्रमण भएको छोरी इग्राम मूरलाई उदृत गर्दै बीबीसीले जनाएको छ । सेनाबाट अवकाश पाएका मूरले सयौँ जन्मदिनका अवसरमा आफ्नो बगैँचाको एक सय फन्को लगाएर बेलायतका नागरिकको मन जित्नु भएको थियो ।
यसै क्रममा उनले ३.३ करोड पाउण्ड जुटाएर बिरामीको उपचारका लागि बेलायतको सरकारी अस्पताल एनएचएसलाई दिनु भएको थियो । उहाँको कामलाई प्रशंसा गर्दै बेलायती महारानी एलिजावेथले एउटा विशेष समारोहमा सम्मान पनि गर्नु भएको थियो ।