फेरी अमेरिकमा कोरोनाले एक नेपालिको मृत्यु

अमेरिका - कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ । न्युयोर्क क्विन्सस्थित एल्मस्र्ट अस्पतालमा उपचारका क्रममा ङिमा तेम्बा शेर्पाको आज निधन भएको नेपाल जनजाती महासंघ अमेरिकाको सल्लाहकार मणि वाङ्देल ले Hamroawaznews.com लाई जानकारी दिए ।
कोरोना भाइरसको संक्रमण भएपछि ङिमा झण्डै दुई हप्ताअघि उपचारका लागि अस्पताल भर्ना भएका थिए । आज स्थानीय समय अनुसार बिहान ५ बजेर १८ मिनेट जाँदा उनको मृत्यु हो ।

सोलुखुम्बुको सोताङ गाउँपालिका, थातेङ घर भएका ४४ वर्षीय शेर्पा केही वर्षदेखि परिवारसहित अमेरिकामा बस्दै आएका थिए । यो भन्दा अगाडी अनिल लिम्बु, अजय छोंचुङ,सोनाम लामा,थोक्मे बिष्टको कोरोना को कारणले मृत्यु भएको थियो ।अहिले सम्म अमेरिका मा कोरोना भाइरसको कारणले मृत्यु हुने नेपालिको संख्या पाँच पुगिसकेको छ ।