वयस्क अमेरिकी नागरिक हरुलाई मे महिना भित्र कोभिड १९ खोप पर्याप्त दिईने ।

अमेरिका ।राष्ट्रपति जो बाइडेनले मंगलबार संयुक्त राज्य अमेरिकाका हरेक वयस्क अमेरिकीलाई मे महिनाको अन्त्यसम्ममा पर्याप्त कोभिड १९ खोप दिइने बताए । प्रभावकारी रूपमा आफ्नो समयसीमालाई तीव्र बनाउदै भाइरस बिरूद्ध सतर्क रहनु पर्ने उनले ध्यानाकर्षण गराए ।उनले खोपको योजनामा ​​शिक्षकहरुलाई प्राथमिकता दिन राज्यहरुलाई निर्देशन दिने घोषणा गरे । विद्यालयहरुलाई पुन :संचालन गर्नको लागि खोप वितरण योजनामा शिक्षकहरुलाई प्राथमिकता दिन उनले निर्देशन दिएका छन् ।

“आउनुहोस्, व्यक्तिलाई आवश्यक सेवा जस्तो गरी सिकाई उपचार गरौं,” उनले भने,उनको लक्ष्य प्रत्येक शिक्षक वा स्कूलका कर्मचारीले मार्चको अन्त्यसम्म कम्तिमा एउटा खोपको पहिलो खुराक (डोज )प्राप्त गर्नु पर्यो ।आफ्नो टिप्पणीमा बाइडेनले औषधि निर्माण गर्ने मर्कले हालसालै जोन्सन र जोन्सनले विकसित गरेको र स्वीकृति पाएको खोप उत्पादन गर्न मद्दत गर्नेछ र जसले नयाँ मे महिनाको लक्ष्य निर्धारण गर्नेछ ।

श्रोत :सिएनएन