कोरोना भाइरसले न्युयोर्कमा तीन नेपालिको मृत्यु

बिश्वभरी महामारिको रुपमा फैलिएको कोरोना भाइरसको कारण अमेरिकाको न्युयोर्कमा फेरी तीन नेपालिको मृत्यु भएको छ ।मृत्यु हुनेमा अजय छोंचुङ ,सोनाम लामा, थोक्मे बिष्ट रहेको  नेपाल जनजाती महासंघ अमेरिका को सल्लाहकार मणी वाङ्देल राईले हाम्रो आवाज न्युज संगको कुराकानिमा जान्कारी दिनु भयो ।यो भन्दा अगाडी कोरोना भाइरसको कारणले अनिल लिम्बुको न्युयोर्क मै मृत्यु भएको थियो । यो अफ्ठ्यारो प्रकृतिकले दिएको अवस्थामा सबै मिलेर सामना गर्नु पर्ने तर्क गर्दै राईले भ्रमिक र गलत सुचना प्रबाह गरेर आफ्नो समुदाय लाई त्रसित नबनाउन पनि आग्रह गर्नु भयो ।