कोरोना भाइरसको बारेमा जन्नैपर्ने कुराहरु,यसो भन्छन् स्वास्थ्य विज्ञ
१. यो रोग आँफुमा फैलन नदिन अन्य रुघाखोकी उत्पन्न गर्ने भाइरससंग जोगिनुपर्छ। ति भाइरससंगजोगिन यस्ता उपाय अपनाउन सकिन्छ।
यस्तो भाइरस आफ्नो ठाउँ नजिकै फैलिएको छ भने हिड्दा मास्क लगाएर हिड्ने, घर बाहिरका कुरा हातले छुने वित्तिकै सफासंग साबुन पानीले हात धुने वा अल्कोहोल सेनिटाईजर प्रयोग गर्ने, भिडभाडबाटटाढै बस्ने, वालवालिका बृद्ध तथा गर्भवतीलाइ अनावश्यक घर बाहिर निस्कन नदिने, सम्भव भएसम्म बाहिर जाँदा लगाएका लुगा छुट्टै राखी वसिङ्ग मेशिनमा धुने त्यी कपडा अरुलाई छुन नदिने, राम्रोआहारा सेवन गर्ने, भाइरस अरुलाई नसरोस भनेर आफु खोक्दा मुख छोपेर मात्र खोक्ने, सम्भव भए सम्म छुट्टै कोठामा बस्ने र अरुको नजिक नजाने, खान पकाउने भाँडाकुडा आफै माझेर सुकाउने, निकोनहुँदा सम्म वा उपचार विधि नसकिदासम्म छुट्टै बस्ने।
२. आँफुलाइ रुघाखोकी सुरु भएको छ र सामान्य रुघाखोकी भन्दा बढी तपाईको ज्यान गलाएको छ जस्तो महसुस हुने वित्तिकै आफुँ नजिक रहेको स्वास्थ्य चौकी वा सरकारी अस्पतालमा जाँदा फोनगरेर मात्र जाने। जाँदा अनिवार्य रुपमा मास्क लगाएर जाने। त्यसले गर्दा अरुलाई संक्रमण हुनबाट बचाउन सकिन्छ।
३. प्राय संसारभरका अधिकतम् अवस्थामा मानिसबाट मानिसमा सर्ने भाइरसले हजारौं बर्षसम्म मानवले त्यस विरुद्ध लड्ने शक्ति उत्पादन गरिसकेका कारण स्वास्थ्य व्यक्तिको ज्यान लिंदैन तर, अहिलेविश्वभर फैलीरहेको कोरोना भाइरस पुरानै वर्गको भाइरस रहेकाले आफ्नो “जेनेटिक कम्पोनेन्ट” परिवर्तन गरि नयाँ जात (strain) बनाएको अवस्थामा यो भाइरस (Coronavirus, COVID-19) कोऔषधि उपचार संसारभर कतै छैन मात्र यसले पार्ने असर कम गर्न सकिन्छ।
४. नेपालको हकमा यदि काठमाडौँमा यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्ति तिन चार जनामा सर्यो भने यसलाई रोकथाम गर्न नेपाल सरकारले सक्ने अवस्था छैन। यसको उदाहरण नेपाल सरकारलेकेहि समय पहिले डेंगु रोक्न देखाएको क्रियाशीलतालाइ आधार मान्ने हो भने यो रोग नेपालले थेग्न सक्दैन। त्रिभुवन विमानस्थलमा बाहिरबाट आउने यात्रुहरुको स्वास्थ्य अवस्था चेक जाँच गर्न बसेकोठाउँ हेर्दा उदेक लाग्दो छ।
५. कोरोना भाइरसका बारेमा विभिन्न अनुसधन हुँदै छन्, यस भाइरस सम्बन्धि कुनै थप सूचना आएमा आफ्नो फेसबुकमा अपडेट गर्ने छु।
यो सचेतानात्मक लेख भएकाले सक्दो शेयर गरिदिन अनुरोध गर्दछु। डाक्टर कल्याण सुवेदी