कोरोनाले अमेरिकाको न्युयोर्कमा एक नेपालीको मृत्यु

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्क, क्वीन्समा बसोबास गर्दै आएका ५० वर्षीय अनिल लिम्बु को एल्महर्ष्ट अस्पतालमा मृत्यु भएको किरात राई सोसाइटी अफ अमेरिकाका सल्लाहकार मणि वाङ्देल राई ले हाम्रो आवाज लाई जानकारी गराएका छन ।

अनिल लिम्बु बिगत १५ वर्षदेखि अमेरिकामा २ छोरा १ छोरी र श्रीमतीका साथ बस्दै आएका थिए । स्थानीय समयअनुसार आज बिहानमात्रै उनको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि उनमा डाइबिटिज र हाई ब्लड प्रेसरको समस्या थियो ।