
✍हाम्रो आवाज न्यूज । चर्चित गायक हेमन्त शर्मा अमेरिकाको कोलोराडो राज्यको डेन्भर आज आई पुग्नु भएकोछ । रक्किमाउण्डेन फ्रेन्ड्स अफ नेपालको आयोजनामा भोली अगष्ट १५ तारेख आइतबार म्युजिकल नाइट साँगितिक कार्यक्रम कोलोराडोको बोल्डर शहरमा हुँदैछ सो कार्यक्रममा सहभागी हुन गायक शर्मा आज डेन्भर आइपुग्नु भएको हो ।
डेन्भर इन्टरनेसनल एर्पोटमा गायक शर्मालाई गीतकार मणीराज बस्नेत र सर्जक तथा पत्रकार गौतम सागर राईले स्वागत गरेका थिए ।कोरोनाको प्रभाव पछी कोलोराडोमा नेपालिहरुको लागी यो पहिलो सांगीतिक कार्यक्रम हुन लागेको हो ।हाम्रो आवाज संगको छोटो कुराकानिमा गायक शर्माले भोली हुन लागेको कार्यक्रममा कोलोराडो बासी नेपाली भाषी सबैलाई सहभागी भएर सांगितिक दुख सुख बिसाउन आग्रह गर्नु भएको छ ।
कार्यक्रम हुने स्थान र समय
Unity off Boulder church
3855 Folsom St Co 80304 Boulder Colorado .
समय - ५:३० बजे बेलुकी ।