
जीवन खत्री, जेठ ८, सउल
जेठमा हुनुपर्ने इपिएस प्रणाली अन्तर्गत कोरियन भाषा परिक्षा कोरोना भाईरसका कारण रोकियो । परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरीरहेका युवाहरूलाई डिजिटल प्रबिधिमार्फत लिन परिक्षामा सामेल गराई कोरिया लान तयार भएको जनाएको छ ।
नेपालस्थित इपीएस कोरियाका एचआरडी प्रमुख पार्क हि सुङले मंगलबार रोजगार विभागमा भएको बैठकमा उक्त कुरा बताएकी हुन् । उनका अनुसार पूर्व निर्धारित तालिका अनुसार जुन महिनामा हुनु पर्ने कोरियन भाषा परिक्षा कोरोनाको भाईरसका कारण केही पछी सरेपनि डिजिटल प्रबिधिमार्फत भाषा परिक्षा लिन सकिने छ ।
ईपिएस प्रणाली अन्तर्गत १६ देशका विदेशीहरू रोजागरीका लागि कोरियन भाषा परीक्षा दिई कोरियामा श्रम गर्छन् । ती १६ देश मध्ये नेपाल पनि एक हो । र कोरियामा ४० हजार बढी नेपाली ईपिएस प्रणाली अन्तर्गत प्रत्यक्ष रोजगारी गरीरहेका छन् ।
हरेक वर्ष लगभग ७ हजारको हाराहारीमा नेपाली युवाहरूले कोरियामा प्रत्यक्ष रुपमा रोजगारी पाउँदै आईरहेका छन् । यश वर्ष पनि ७ हजार कोटा नेपालका लागि छुट्याईएको थियो तर कोरोना भाईरस माहामारी रोक्न नेपाल सरकारले गरेको लकडाउनका कारण परीक्षा कहिले हुने भन्ने अनिश्चितता थियो । यसैबीच कोरिया सरकारको पक्षबाट यो निर्णय आएको हो ।