द. कोरियामा भिषण आगलागी, विदेशी सहित ३८को मृत्यु १० घाईते

जीवन खत्री, सउल बैशाख १९
दक्षिण कोरियाको इछन स्थित एक निर्माणस्थलमा बुधबार आगलागी हुदा विदेशी कामदार सहित ३८ जनाको मृत्यु भएको छ भने १० बढी घाइते भएका छन् । उक्त कुराको पुष्टि याँहाको अग्नि नियन्त्रण विभागले जनाएको छ । उक्त आगलागीमा परी ज्यान गुमाउनेमा विदेशी कामदार भएपनि कुन कुन देशका नागरिक हुन र कति जनाले ज्यान गुमाए भन्ने कुरा भने बताईएको छैन् ।
निकै ठूलो मानविय क्षति भएपछी राष्ट्रपति मुन जे इनले आपतकालीन बैठक राखी तत्काल राहत र उद्वारको लागी सम्बन्धित मन्त्रालयलाई निदेशन दिएका छन् । आगलागीबाट घाइते तथा मृत्यु भएका बिदेशी कामदारका परिवार संग सम्पर्क गर्न पनि निदेशन गरेका छन् l
अन्डरग्राउन्डमा विधुतीय काम हुँदा विधुत सट भएर आगलागी भएको अनुमान भए पनि आगालागीको मुख्य कारण भने खुलेको छैन l ३३५ वटा अग्नि नियन्त्रकले उक्त आगलागी झण्डै साँढे पाँच घन्टाको प्रयास पछि नियन्त्रणमा लिन सफल भएका थिए  l
ठुलो मानवीय क्षति भएपछी रास्ट्रपति मुन जे इनले आपतकालीन बैठक राखी तत्काल राहत र उद्वारको लागी सम्बन्धित मन्त्रालयलाई निदेशन दिएका छन् l आगलागीबाट घाइते तथा मृत्यु भएका बिदेशी कामदारका परिवार संग सम्पर्क गर्न पनि निदेशन गरेका  छन् l