
काठमाडौ । अभिनेता पल शाहलाई षडयन्त्र गरी फसाउन खोजेको आरोप लगाउँदै दाङमा कलाकार दुर्गेश थापा र गायीका समिक्षा अधिकारीलाई वहिष्कार गरिने भएको छ । उनीहरुलाई दाङको सांगितिक कार्यक्रममा नबोलाइने भएको हो । अभिनेता पल शाह दाङ घोराही निबासी हुन् ।
दाङ गृह जिल्ला भएका चर्चित नायक पल शाह लाई षड्यन्त्र मुलक तरिकाले फसाउन खोज्नेहरुलाई दाङमा बहिस्कार गरिने त्यहाँका स्थानियले बताएका छन् । गाएक दुर्गेश थापा , सम्राट चौलागाईं , सरोज ओलि , कृष्ण जोशी समिक्षा अधिकारीलाई दाङमा हुने कुनैपनी महोत्सव कार्यक्रमहरुमा बहिस्कार गरिने भएको हो ।