द.कोरियाले नेपालीलाई पनि सरकारी राहत दिने


जीवन खत्री, सउल - बैशाख ११
कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएको भन्दै याहाँको एक प्रान्तिय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्ने छन् ।
कोरियाको ख्याङ्गिदो प्रान्तिय सरकारले बैवाहिक भिसा हुनेहरूलाई र ख्यङ्गिदो प्रान्तमा स्थाई बसोबास गर्ने सबै बिदेशी नागरिकलाई सरकारी राहत उपलब्ध गराउने भएको हो  l कोरियामा महामारी फैलिएको बखत देखिनै दैनिक जीवनयापन गर्न सहज होस् भनी आफ्नो प्रान्तका नागरिकलाई १ लाख कोरियन वन राहत स्वरुप दिँदै आएको थियो अब देखि उक्त राहत एफ,5 र एफ,6 भिसा भएका बिदेशी नागरिकलाई पनि दिने निर्णय गरेको हो । निर्णय अनुसार एफ 5 र एफ 6 भिसा भएका नेपालीले पनि अब उक्त राहत पाउने छन् ।
यसअघि कर चाहिँ विदेशीसँग पनि लिने तर राहत बाँढ्ने बेलामा चाहिँ भेदभाव गरेको र प्रान्त सरकारले बाँढ्ने राहत विदेशी नागरिकलाई पनि दिनुपर्छ भन्दै हस्तारक्षर संकलन गरिएको थियो । तीन हप्तामा १४ हजार हस्ताक्षर प्रान्तिय सरकारको सरकारी वेबसाइट जम्मा भएको थियो ।
तथ्यांकअनुसार ख्याङ्गिदो प्रान्तमा ६० हजार बढी स्थाई बसोबास गर्दै आएका बिदेशी नागरिक छन् भने ४८ हजार बढी बैबाहिक भिसामा बसेका बिदेशी नागरिक छन् ।