✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीभाषीहरु समुदायले शनीबार सांझ एक सांस्कृतिक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन् ।
नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा, तथा स्थानीय संघ संस्थाहरुको सहभागीतामा दशैं–तिहार शुभकामना सांस्कृतिक सांझ कार्यक्रम सम्पन्न गरेका हुन् ।
रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपाल पूर्व अध्यक्ष तथा समाजसेवी धर्मराज श्रेष्ठको प्रमुख आतिथ्यता, International Astrologer, Face Reader & Healer Bihangam Raj Timilsena को बिशेष आतित्थ्यता तथा गायक गायिकाहरु Quincy Chet, संझना पाण्डे, मनोजराज सिवाकोटी लगायत अन्य कलाकारहरु माझ उनीहरुले बिभिन्न सांस्कृतीक कार्यक्रम गर्दै महान चाड मनाएका हुन् ।
नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर तथा कार्यक्रमका प्रमुख अतिथी, बिशेष अतिथीबाट संयूक्तरुपमा पानसमा बत्ती बालेर शुरु गरिएको कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, व्यावसायी, बुद्धीजिवी, कलाकार, साहित्यकार, पत्रकार, तथा नेपाली भाषी बाआमा, दाजुभाई दिदी बहिनीहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।
त्यसैगरी सोही कार्यक्रममा अनेसास बोर्डअफ ट्रष्टिका अध्यक्ष पदम बिश्वकर्मा हालै नेपाल प्रज्ञा प्रतिष्ठानबाट हरेकबर्ष प्रदानगरिने प्रज्ञा अन्तरदेशीय पुरस्कार २०८० बाट सम्मान हुनुभएको भन्दै बधाइ सहित सम्मान गरिएको थियो ।
आयोजक संस्थाका अध्यक्ष एबं कार्यक्रमका सभापती अर्जुन बगालेले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कोलोराडोमा नेपाली समुदायको जेठो यस संस्थाले स्थापना काल देखि हाल सम्म नेपाली भाषा, संस्कृती संरक्षण र पहिचाहनमा निरन्तरता दिईदै आईरहेको भन्दै यस अभियानमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद सहित दशै, तिहार, छट लगायत संम्पूर्ण चाड पर्वको शुभकामना दिएका थिए । सोही मंञ्चमा आयोजक संस्थाका पदाधिकारीहरुले देउसी भैलो खेली नेपाली संस्कृतीको पहिचाहन गराएका थिए ।
कार्यक्रमको दोश्रो चरणमा सांगीतीक कार्यक्रम संचालन भएको थियो । जसमा Quincy Chet, संझना पाण्डे, मनोजराज सिवाकोटी लगायतका कलाकारहरुले लोकप्रीय गीतहरु गएर दर्शकलाई नचाएका थिए । स्थानीय बाल कलाकारहरुले नेपाली संगीतमा कुशल नृत्य प्रस्तुत गरेका थिए । गायक मनिष विश्वकर्माले पनि बिभिन्न चर्चित गीतहरुगाएर श्रोता तथा दर्शकको मनजित्न सफल भएका थिए ।
कार्यक्रमलाई सफलताका साथ सम्पन्न पार्न सहयोग गर्नुहुने दाता, कार्यक्रममा उपस्थित भई आपनो कला प्रस्तुत गर्नुहुने गायक गायिका तथा कुशल नृत्य प्रश्तुतगर्ने बाल कलाकारहरुलाई आयोजक कमिटीका पदाधिकारी तथा गन्यमान्यहरुबाट खादा लगाईदिई मयाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका महासचिव आकृती राई अधिकारी र कल्चर सेक्रेटरी निशापाठकद्धारा कार्यक्रम संयूक्त रुपमा संचालन गरिएको थियो ।