डायरी भित्रको याद

संस्मरण -✍️.....दश बर्षे जन युद्द र ,२०६२-६३  सालको जन आन्दोलनले देशमा गनातन्त्र घोषणा हुँदै थियो । पुर्बी जिल्ला सोलुखुम्बुको विभिन्न गाउँ बाट उज्यालो सपना बोकेर उच्च शिक्षाको लागि शहर पसेका हामी एक हुल तन्नेरी हरु आर.आर.क्याम्पसमा भेट भयो । केहि नयाँ साथी हरु संग त्यही चिन्जान भयो । हामी लाई बिघार्थी राजनितिले फरक -फरक पार्टी बनाएर छुटाइदै ,फुटाउदै थियो । ठिक त्यही बेला मैले सम्झिए हामी सबै लाई जोड्ने ,एउटै ठाउँमा उभ्याउने माध्यम के हो ? सोलुमा हुँदा नै अबि जि संग मेरो राम्रै चिनजान थियो । त्यही भएर सुरुमा अबि जि र राम किरण जि संग चिया गफमा साहित्यिक पत्रीका प्रकाशन गर्ने प्रस्ताब राखे ,उहाँ हरुले सहज स्विकर्नु भयो । बिघार्थी जिबन शहरको असहज बसाइ थुप्रै अफठ्यारा हरु थिए , साँझ बिहान नुन खोर्सानिको जोहो गर्दै हाम्रो फरक -फरक सपना हरु पनि पुरा गर्नु थियो । केहि महिनाको गाडी भाँडा र खाजा खर्च कटाएर पत्रीका प्रकाशनको तयारिमा जुट्यौ ।

   ✍️मंसिरको चिसो बिहानी थियो , शनिवार सबैको छुट्टी मिलाएर शंकपार्कमा भेला भयौ । एउटा छरिदो टिम बनायौ स्वार्णिण सौगात मासिक साहित्यिक पत्रीका नामकरण गरेर सम्पादकको जिम्मेवारी  मलाई थमाइयो । टिम भित्र साथी हरु - अबि पुर्बेली , राम किरण ,प्रकाश खालिङ ,शर्मिला राई ,अम्बिका बस्नेत ,शान्ती राई ,बृहस्पती राई,खडग कुलुङ ,चन्दा राई, केहि समय पछी फेरी केहि साथी हरु जोडिनु भयो शिशिर खालिङ , चतुर कुलुङ ,सुनिल दिप्ता राई,आन्नद कुलुङ ,बिरल कुलुङ साथै अन्य साथी हरु पनि । हाम्रो पत्रीकाको पहिलो अंकमा नै बरिष्ठ संचारकर्मी कवी डा.नवराज लम्साल ज्यु ! को अन्तरबार्ता गर्ने हिम्मत गरे । त्यही बेला पहिलो पल्ट रेडियो नेपाल छिर्ने अवसर लम्साल दाइ ले मित्र राम किरण संग जुराइ दिनु भयो । रेडियो नेपाल बाट प्रसारित साप्तहिक साहित्यिक कार्यक्रम मधुनमा हाम्रो पत्रीकाले सधै राम्रो स्थान पाउथ्यो । पूर्व बाट प्रकाशित धेरै पत्रीका हरु बिच हाम्रो पनि पाठक शुभचिन्तक हरु धेरै थिए । हरेक शनिवार सुन्धारा पोष्ट अफिसमा मित्र अबि पुर्बेली संग पत्रीकाको लागी आएको चिठी लिन जान्थ्यौ ।झोला भरी चिठी ल्याएर प्रकाशनको लागी छुट्याउथ्यौ , एक कफ चिया पिउन दश पटक सोच्नु पर्थ्यो,अझ म:म : खानको लागी त कि अबि को मासिक तलब आएको दिन कि म ट्रेकिङको भारी बोकेर काठमाण्डौ आइ पुगेको दिन कि राम  किरण को घर बाट खर्च आएको दिन कुर्नु पर्थ्यौ ।

✍️ टिम भित्र सबैले आ-आफ्नो जिम्मेवारी राम्रो संग निर्वाह गर्नु हुन्थ्यो । सबैको आ-आफ्नो सपना थिए , सायद त्यही भएर पनि होला हामी अनावश्यक कुरामा अल्झेर बस्दैन थियौ । आज समय धेरै पर पुगी सकेकोछ ,अनी हाम्रो गन्तब्य हरु पनि फरक -फरक छन, तर याद हरु कहाँ फरक हुदो रहिछ र ? आज अवसरको खोजिमा म सिमापारी आइ पुगेकोछु । अबि पुर्बेली नेपाल सरकारको अधिकृत प्रकाश खालिङ आफ्नै मिडिया चलाएर त्यही रमाउदै ,राम किरण र शिसिर खालिङ जिल्ला मा नै राजनितिक युवा हरुको नेतृत्व गर्दै ,अम्बिका ,शर्मिला आनन्द ,बिरल आफ्नै परिवेशमा कलिला बिघार्थी भाई वहिनी हरुको चेतनामा उज्यालो छर्दै शिक्षिका, र शिक्षक ,खडग पर्यटक हरु लाई शुन्दर हिमाल बस्ती हरु देखाउदै पर्यटक गाइट , सुनिल दिप्त प्रवासको बसाइ संगै लेखानमा उतार्दै गीत लेखन मै ब्यास्त ।खै कुन्नी किन हो ? अरु साथी हरु बेखबर छन ।
अब त म संग मात्र याद हरु बाँकी छन ।
मिल्ने भए पठाइ दिन्थे सबै ....
सबै लाई एक  मुष्ठ सम्झना ।

  • गौतम सागर राई
    कोलोराडो अमेरिका ।