बसन्त लम्सालको ”सकिँदैन देश भुल्न” सार्वजनिक भिडियो सहित ।
✍हाम्रो आवाज न्युज डटकम- लगभग तीन दशक पहिले सांगीतिक क्षेत्रमा प्रबेश गरेका बसन्त लम्साललाई अझैपनि संगीतको धङधङीले छोडेको छैन। २०४९ सालतिर रमेश “क्षितिज" को रचना र नारायण रायमाझीको संगीतमा पहिलो पटक ”छायाँ बस्ने पिपलुको भुइँमा पात झर्यो” बोलको आधुनिक गीत रेडीयो नेपालमा रेकर्ड गराएर गायन क्षेत्रमा छिरेका बसन्त लम्सालले अझैंपनि संगीतलाई मायाँ मार्न सकेका छैन्न ।
कहिले गायकको रुपमा, कहिले गीतकारको रुपमा त कहिले संगीतकारको रुपमा निरन्तर उनले आफूलाई उभ्याउन खोजिरहे। यसै दौरान सार्वजनिक ”दोबाटोमा” एल्बममा समेटिएका गीतहरुमध्ये “छायाँ बस्ने पिपलुको भुइँमा पात झर्यो” र ”सानो होला मेरो घर, मेरा लागि संसार हो” बोलको राष्ट्रिय गीतलाई श्रोताहरुले निकै मन पराए। २०६३ सालतिर अध्ययनको क्रममा बिदेसिएका उनले अन्तत: देश छोडे, तर संगीत छोड्न सकेनन! यस बिचमा बिदेशी भूमिबाटै पनि आफ्नो उपस्थितीलाई कुनै न कुनै रुपमा उनले निरन्तरता दिइरहे। पछिल्लो समयमा उनकै शब्द र संगीतमा अन्जु पन्तको आवाजमा रेकर्ड भएको ”धरतिमा आएँ एकलै,” कर्म ग्याल्छेनको स्वरमा रेकर्ड गरिएको “भन्छौ रे देश छोडेर जाने” र उनी स्वयमले गाएको ”सम्भावना भए गाउँमै गरी केही खाने" गीत निकै मार्मिक र स्तरीय छन। परिस्थितिबश, पेशा र भौतिक शरीर बिदेशमा रहेपनि उनको मन-मस्तिस्क हरदम स्वदेशमै रहेको छनक उनका गीत-संगीतमा प्रस्टै पाउन सकिन्छ।
स्वदेशमै रहँदा पनि आफ्नो गाउँ-घर-परिबेशको सम्झना प्रबल हुने चाडबाडको यो समयमा उनले यस गीत मार्फत स्वदेशको मायाँ छताछुल्ल पोखेका छन। शब्द, संगीत, स्वर सबै सशक्त रहेको यो गीतलाई ८८४८ पिक्चर्सले सार्वजनिक गरेको छ। दसैं-तिहारको पावन अवसरमा सार्वजनिक देशभक्तिपूर्ण यो गीतले सगरमाथाकै उँचाइ पावोस, सर्जक बसन्त लम्साल र सम्पूर्ण टिमलाई हार्दिक शुभकामना । यस गीतको म्यूजिक भिडियो 8848 Pictures युटुब च्यानल बाट सार्वजनिक गरिएकोछ ।
भिडियो हेर्न यहाँ लिंक क्लिक गर्नु होला