नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा खेलीएको देउसी भैलो कार्यक्रमबाट झण्डै २५ हजार संकलन ।

✍️नातिबाबु भट्ट, कोलोराडो अमेरीका।कोलोराडोमा नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ शुक्रबार सांझ सम्पन्न देउसी भैलो कार्यक्रमबाट झण्डै २५ हजार संकलन भएको छ । नेपाली सांस्कृतिक केन्द भवनमा खेलीएको देउसी भैलोबाट १५ हजार ४ सय ५३  र अरोरामा संम्पन्न देउसी भैलो र्कायक्रमबाट ९ हजार ५ सय गरी जम्मा २४ हजार ९ सय ५३ संकलन गरिएको हो ।

कोलोराडोमा कृयासिल संस्था नेपाली घरको संयोजन तथा स्थानिय संघ संस्थाहरुको सहयोगमा देउसी भैलो सम्पन्न भएको हो । कार्यक्रमबाट संकलन गरिएको रकम खर्च कटाएर बांकी नेपाली घरको खातामा जम्मा गरिने नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् ।

नेपाली सास्कृतीक केन्द्र भवनमा सम्पन्न देउसी भैलोलाई भब्यताका साथ संम्पन्न बनाउन समाजसेवी बाशु खनालको संयोजनमा  समिती गठन गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद तथा नेपाली कांग्रेशका यूवानेता प्रचण्ड न्यौपाने, अनेरा स्ववीयुका पुर्व अध्यक्ष तथा नेकपा एमालेका केन्द्रिय सदस्य ऐन महर लगायत ३ सय भन्दा बढि नेपाली बा आमा दाजुभाइ दिदी बहिनीहरुको उपस्थिती रहेको थियो । नेपाली घरका उपाध्यक्ष बसन्त लंम्सालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए भने संयोजक बासुखनालले कार्यक्रमको उद्धेश्य र महत्वबारे प्रकास पारेका थिए ।

त्यस्तै अरोराको देउसी भैलोलाइ भब्यताका साथ सम्पन्न बनाउन  समाजसेवी नवराज न्यौपानेको संयोजनमा मुल समिती गठन गरिएको थियो । समाजसेवी तथा नेपाली घरका सल्लाहकार रामप्रसाद श्रेष्ठले पानसमा बत्तीबालेर कार्यक्रम उद्धघाटन गरेका थिए । कार्यक्रमका संयोजक नवराज न्यौपानेले उपस्थित सबैलाई स्वागत गरेका थिए भने नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले उद्धेश्य र महत्वबारे प्रकास पारेका थिए । कार्यक्रममा ४ सय भन्दा बढि नेपाली बा आमा दाजुभाइ दिदी बहिनीहरुको उपस्थिती रहेको थियो ।

नेपाली घरले स्थापना कालदेखी निरन्तर रुपमा नया पुस्तालाई हाम्रो रहन सहन, भाषा, सस्कृती तथा भेष भुषाको जानाकारी गराउन तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषा र संस्कृतीको पहिचान गराउन देउसी भैलौ कार्यक्रम आयोजना गदै आएको छ । यस्ता कार्यक्रमले मातृभुमी प्रतिको कर्तब्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको सस्कृती पहिचाहन गराउने नेपाली घरका निवर्तमान अध्यक्ष लछुमन रानाले बताएका छन् । उनले नेपाली समुदायको आस्थाको धरोहर नेपाली सांस्कृतिक केन्द्र निर्माणको लागी भवन खरिदगरि सकिएको र सो भवनको मर्मत संभार तथा मर्गेज तिर्न संकलित रकम प्रयोग गरिने बताए ।

दुवै देउसी भैलो कार्यक्रममा स्थानीय कलाकारहरुले आ‒आफ्नो कला प्रस्तुत गरेका थिए । कोलोराडोमा बसोबास गर्नुहुने सबै समुदायका गन्य मान्य, समाजसेवी, कलाकार, पत्रकार, बुद्धि जिवी, ब्यापारी, संघ संस्थाका पदाधिकारी तथा सर्बसाधारण सबैलाई कार्यक्रममा आमन्त्रण गरिएको थियो । हाम्रो धर्म, संस्कृती संरक्षण र पहिचाहन गराउन पाईने यस्तो अवसरमा, आयोजकले सकेसम्म सबैलाई आ–आफ्नो जातीय पहिरहन लगाई, बाल बलिकाहरुलाई पनि सहभागी गराई संस्कृती सिक्ने र सिकाउने वाताबरण बनाई दिनु हुन आग्रह गरेका थिए । छुट्टै जातीय पहिरहन नहुनेहरुले सकेसम्म पुरुषहरु दौरा सुरुवाल र महिलाहरु साडी चोलो लगाएर सहभागी भई कार्यक्रमको शोभा बढाई दिनुहुन समेत अनुरोध गरिएको थियो ।