कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न ।

✍️नातिबाबु भट्ट ,कोलोराडो, अमेरीका।हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले शनीबार सांझ एक संस्कृतीक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन् ।

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा तथा गायक अनिश ओकेलीको बिशेष आतिथ्यतामा, स्थानीय  कलाकारहरुका माझ उनीहरुले बिभिन्न सांस्कृतीक कार्यक्रम गर्दै महान चाड मनाएका हुन् ।

नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर तथा संस्थाका अध्यक्ष टिका पौडेल र निर्वतमान अध्यक्ष बिनोद त्रीपाठीद्धारा संयूक्त्त रुपमा पानसमा बत्ती बालेर शुरु गरिएको कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, व्यवसायी, बुद्धीजिवी, कलाकार, साहित्यकार, पत्रकार तथा सर्बसाधारणको उपस्थिती रहेको थियो ।

आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापती टिका पौडेलले  कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै महान चाडहरुको शुभकामना बांडेका थिए । सोही मन्चमा शमीर आचार्यको नेतृत्वमा कार्यक्रम  आयोजक संस्थाका पदाधिकारीहरुले दर्शक सामु देउसी खेलेका थिए ।
कार्यक्रमको दोश्रो चरणमा संस्कृतीक कार्यक्रम संचालन भएको थियो । स्थानीय कलाकारहरुले नेपाली संगीतमा कुशल नृत्य प्रस्तुत गरेका थिए । यसरी नृत्य प्रस्तुत गर्ने कलाकारहरुमा दिलाशा कार्की, प्रीयांका श्रेष्ठ, गीता कडायत, साबु गुरुङ र आंचल सापकोटा रहेका छन् ।

त्यसैगरी स्थानिय गायक तथा गायिकाहरु मनोजकाजी  तुलाधर, संझना पाण्डे, दिपक गौतम लगायतका कलाकारहरुले लोक , राष्ट्रिय तथा आधुनिक गीत गाएर दर्शकहरुको मन जितेका थिए । कार्यक्रमको अन्त्यमा बिशेष अतिथी गायक अनिश ओकेलीले  चर्चित गीतहरु यो मन तिमी संगाली देउन, पोल्छ मायांले, इलाममा मोटर चलाउदा लगायतका आधा दर्जन भन्दा बढि  गीतहरु गाएर सहभागीहरुलाई नचाएका थिए ।

संस्थाका कल्चर सेक्रेटरी आकृती राई अधिकारी  र बोर्डअफ डिरेक्टर अर्जुन बगाले द्धयले कार्यक्रम संचालन गरेका थिए भने साउण्ड सिष्टम विजय अधिकारीले संगालेका थिए ।  कार्यक्रमको अन्तमा सबै कलाकारहरुलाई अध्यक्ष टिका पौडेल र निर्वतमान अध्यक्ष बिनोद त्रीपाठीले संयूक्त रुपमा  खादा लगाई दिई प्रशंसा पत्र प्रदानगरी सम्मान  गरेका थिए । संस्थाले कार्यक्रममा उपस्थित सबैलाई स्वादिष्ट भोजनको ब्यावस्था समेत गरेको थियो ।