देवराज खत्री को मलेसियामा निधन ।

✍️तिलोचन गौतम,मलेसिया । सल्यान कालिमाटी गाउँपालिका वडा न. 2 सेतिखोला निवासि देवराज खत्री को मलेसियामा निधन भएको छ।

खत्री लामो समय देखि मानसिक बिरामि थिए । रोजगारदाता कम्पनीले मलेसियाको सुङ्गाइपुलो मा अबस्थित सुङ्गाइपुलो हस्पिटल मा उपचार गराइरहेको थियो ।

उपचार कै क्रममा आज उनको निधन भएको हो। उनि मलेसियामा सुरक्षागार्ड को रुपमा काम गर्दै आइरहेका थिए।