
काठमाण्डौँ – सानो कद, सानै आँखा, मिठो हाँसो, मौलिकपनको आभाष दिलाउने कर्मको संयोजन हुन्, याम गुरुङ । याम, मौलिक नृत्य निर्देशक हुन् ।
२ दशक देखि उनी नाच्न र नचाउनमै व्यस्त छन् । मौलिक गीतको भिडियोमा कला देखाएरै उनको जीवन चलिरहेको छ ।
सुर्खेतमा मिश्रित समुदायमा जन्मे हुर्केका याम सानै देखि नाच्थे । उद्यपी, घरका अभिभावकले नाचेको खासै मन पराउदैनथे । तैपनि, उनी आफ्नो चाहनालाई मार्थेनन् ।
‘गाउँघरमा चाडपर्व विशेषमा सांस्कृतिक कार्यक्रम हुन्थ्यो । ती कार्यक्रम नाच्न जान औधी मन हुन्थ्यो तर घरमा बाबाले पढ्न र घरकै काममा फोकस हुन भन्नुहुन्थ्यो ।’ यामले भने, ‘तैपनि मन भित्रको इच्छा मार्न सक्थिन, भागेरै भएपनि नाच्न पुग्थे ।’
नाच्न गएको थाहा पाए बुबाको पिटाइ खान्थे । तर कहिलेकाँही स्टेजमा नाचेको देखेर खुसी चाँही हुनुहुन्थ्यो । ‘त्यो बेला रेकर्ड गीत हुन्थेन । लाइभ बाजामा गाइने गीतमा नाच्नु प¥थ्र्यो । मलाई अझैपनि याद छ की सरहरुले झुरुक्क उचालेर स्टेज लग्थे । नाचिसकेपछि फेरि उचालेर बाहिर निकाल्थे ।’ निर्देशक यामले बाल्यकाल सम्झे ।

२०४६ सालको परिर्वतन पछि
गाउँघरमा सिमित यामको नाच ०४६ सालको परिर्वतन पछि अलि झाँगियो । त्यसपछि उनी मायाप्रेमका गीत संगै प्रगतीशील गीतमा नाच्न थाले । कम्यूनिष्ट पार्टीको सांस्कृतिक मन्चमा रहेर नाच्दै आए ।
जनसांस्कृतिक मन्चले आयोजना गरेको प्रतियोगीतामा भेरी अञ्चलबाट प्रतिनिधित्व गर्न काठमाण्डौँ आएका याम सम्झन्छन्, ‘त्यो बेला १४ अञ्चलको प्रतिस्प्रर्धा थियो । म पनि भेरी अञ्चलबाट आएको थिए । सो प्रतियोगीतामा हाम्रो टिम प्रथम भएको थियो ।’
एमालेबाट बामदेव गौतम चोइटिएपछि उनले जनसांस्कृतिक मन्चको यात्राबाट टाढिए । त्यसपछि बल्ल उनी काठमाण्डौमै रहेर औपचारिक कक्षा लिने र व्यवसायीक रुपमा काम गर्ने वातावरण बनाउन थाले ।
याम कुशल बाद्यबाधक पनि
याम गुरुङ, नाच्ने र नचाउने मात्र गर्दैन् । उनीसंग बाद्यबाधक सीप पनि छ । उनले व्यवसायीक रुपमा मादल बजाउछन् ।
उनले भने, ‘मैले मादल राम्रो बजाउछु । रेकर्डिङ स्टुडियो, लाइभ दोहोरीमा पनि बर्षौ मादल बजाए । पछि आएर ढोलक र तवला बजाउन पनि सिके ।’
नेपाल टेलिभिजनमा राम प्रसाद खनालले संचालन गर्ने दोहोरीको कार्यक्रममा शुरुवात देखिनै यामले मादल बजाउथे । उनी, जति नाच्न जान्दछन्, उत्तिकै मादल पनि बजाउछन् ।
तर उनलाई गायनमा रहर लागेन । ‘मेरो ध्यान नै नाच्नमा हुन्थ्यो । गीत गाउने रहर खास जागेन ।’उनले भने ।
नाच्ने कला गड गिफ्ट
यामलाई नाचेर बाँच्न पाउदा सन्तुष्टि छ । उनी भन्छन्, ‘सायद, मलाई भगवानले पनि नाचेरै खाँ भनेर पठाएको हुनुपर्छ । म खुसी र सन्तुष्ट छु । नाचेरै जीविका चलेको छ ।’
निर्देशक गुरुङ नाच्न निकै गाह्रो विषय भएको बताए । शिखर भेटमा गफिदै उनले भने, ‘नाच्ने बला प्राकृतिक नक्कल हो । जस्ले नक्कल गर्ने ढंग राख्दछ उस्ले नाचेर खान सक्छ । हैन भने निकै गाह्रो विषय बन्छ ।’
नचाउन कति गाह्रो भन्ने प्रश्नमा निर्देशक गुरुङ भन्छन्, ‘नाच्ने मान्छेलाई नचाउन सजिलो हुन्छ । तर नाच्न भन्दा नचाउन अलि बढि मेहनत गर्नुपर्छ ।’

चित्त नबुझेका कुरा
व्यवसायिक रुपमा लोक दोहोरीको नाममा आएका गीतको भिडियोमा मौलिकता नपाउदा निर्देशक गुरुङ चित्त बुझेको छैन् ।
उनी भन्छन्, ‘व्यवसायिकताको नाममा मौलिकतालाई भुल्नुहुदैन् । भ्यूजको लोभमा हामीले मौलिक पहिचानलाई भुल्दै गएका छौ । यसतर्फ निर्देशक, निर्माता सजक बन्न सक्नुपर्छ ।’
कालान्तरमा आफैँलाई घाटा हुने भएकाले बेलैमा कलाकर्मीहरु सजक बन्नुपर्ने यामको तर्क छ । ‘मौलिक गीत र नृत्य हेर्ने र दोस्रो पुस्तालाई सिकाउने हाम्रो बानी बसेको छैन् । जस्ले आफ्नो पहिचान आफ्नै विलिन बनाउदैछौ ।’ उनले भने । मौलिकता जोगाउने चिन्ता हरेक नेपालीमा हुनुपर्ने उनले बताए ।
पिडादायिक सघर्ष
यामको सघर्ष निकै कारुणीक छ । जब, एमालेमा फुट भयो । तब, उनी स्वतन्त्र बसे । जनसांस्कृतिक मन्चमा रहदा जेनतेन बाँच्न सजिलो थियो तर मन्च छाडेपछि सघर्षका दिन शुरु भयो ।
उनले सम्झे, ‘विहान खाए, बेलुका के खाँउ थियो । मेरा साथीहरु गाउँ फर्के तर म गाउँ फर्कनु हुन्न भन्ने लाग्यो र काठमाण्डौमै बसेर सघर्ष गर्ने निधो गरे ।’
‘स्वर्गीय प्रनेश वान्तवाले मलाई अवसर नदिनुभएको भए म यहाँ हुन्थिन की ? लाग्छ ।’ सघर्षका दिन सम्झदै उनले थपे, ‘उहाँको हिमालय कला मन्दिर थियो । उहाँले मलाई माया गरेर सिक्ने अवसर दिनुभयो । अहिले पनि त्यो दिन सम्झन्छु ।’
नाच्दा, नचाउदा धेरै नृत्यांगनासंग चिनजान हुन्थ्यो, कसैसंग प्रेम भएन ? भन्ने प्रश्नमा याम भन्छन्, ‘बाँच्न धौ थियो । कहाँको प्रेम गरेर रोमान्स गर्नु । सघर्षको समयमा साथीभाई पनि बनाइन् । साथी बनाएपछि भेटघाट, खानपिन बढ्छ । खर्च बढ्ने भएकाले पनि परै बसे ।’

रसिलो प्रेम र विवाह
आज भन्दा ५ बर्ष अघि याम गुरुङ रीड नेपालको शैक्षिक कार्यक्रम अन्तरगत शिक्षकहरुलाई नृत्य सिकाउन सोलुखुम्बुको नेचा पुगेका थिए । तालिमको शिलशिलामा एक अविवाहित शिक्षिकासंग सामान्य चिनजान भो ।
विहान बेलुका बचेको समयमा शिक्षिका कार्यरत विद्यालयमा (प्रध्यानाध्यापकको अनुरोध)बालबालिकालाई नृत्य सिकाउन जान्थे । त्यो बेलामा बालबालिका ल्याउने लाने जिम्मा उही शिक्षिकाको थियो । त्यो बेलामा अझ नजिक हुने अवसर पाए ।
१०–१० दिनको तालिम सकेर फर्केका याम गुरुङ र शिक्षिका बिच फोन सम्पर्क हुन थाल्यो । त्यतिमात्र हैन्, शिक्षिका काठमाण्डौँ आउदा भेटेर चिया खाजा खोने र गफिने वातावरण बन्दै गयो ।
बोल्दाबोल्दै एक अर्कालाई मन पराउन थाले । चिनजान भएको एक बर्षमा उनीहरुको सम्बन्ध विवाहमा परिणत भयो ।
आफ्नो प्रेम र विवाहको बारेमा भन्छन्, ‘जुर्नु पर्दोरहेछ । तालिममा भएको भेटेले विवाह गरायो, रीड नेपाल र संगीतकार प्रदिप बम्जनलाई धन्यवाद ।’
यामले अन्तरजातीय विहे भोगेर गरे । उनले थुलुङ राईसंग विवाह गरेका हुन् ।
अबको चाहना
गणना नगरेपनि ५ सय देखि एक हजार गीतमा आफ्नौ नृत्य र निर्देशकीय कौशल देखाएका यामले आफ्नो सीप दोस्रो पुस्तालाई हस्तान्तरण गर्न चाहन्छन् । तर त्यो चाँजोपाँजो मिलेको छैन् ।
उनी भन्छन्, कान्छो पुस्ताले पनि सिक्न खोज्नु प¥यो । म त हस्तान्तरणका लागि आतुर छु ।
निर्देशक याम गुरुङ सालैजो, कौडा, मारुनी, सोरठी लगायतका मौलिक भाकाहरुमा आफ्नो कला प्रस्तुत गर्दै आइरहेका छन् ।