दक्षिण कोरियामा २० लाख बेरोजगार, सन् २००० यताकै उच्च रेकर्ड

✍जीवन खत्री, जेठ ६, सउल
दक्षिण कोरियामा गएको ४ महिना देखि बेरोजगारीको संख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ ।  जनवरी देखि अप्रिल सम्मको आकँडा अनुसार यतिधेरै बोरोजगारी भएको सन् २००० देखि यताकै उच्च हो । कोरोना भाइरस माहामारीका कारण ब्यापार व्यावसायमा परेको नकारात्मक मन्दी, सामाजिक दुरी बनाउनु पर्ने बाध्यता र आन्तरिक तथा वाह्य निर्यातमा उच्च गिरावट आए सँगै यो संख्या बढेको हो l
कोरोना भाइरस माहामारीका कारण पार्ट टाईम रोजगारी गर्ने अधिकाँशको रोजगारी गुम्नुका साथै फुल टाईम रोजगारी गर्नेहरूको समेत काम घटेर बेरोजगार हुनु पर्ने बाध्यता आई लागेको छ । बिशेषत सेवा क्षेत्र, उत्पादनमुलक क्षेत्र, होटेल तथा पर्यटकीय क्षेत्रमा रोजगारी गुमाउनेको संख्यामा अत्याधिक वृद्धि भैरहेको छ ।
बेरोजगारीको अर्को महत्वपूर्ण कारण निर्यातमा उच्च गिरावट हुनु हो । फेब्रुअरी देखि कोरोना माहामारी देखिएसँगै निर्यात दर घटेको थियो । गत अप्रिलमा २४.३ प्रतिशतले घटेको निर्यात मे महिनामा अझ घटेर ४६.५ प्रतिशतमा आई पुगेको छ ।
यसरी उत्पादित समानको निर्यात गर्न नसक्दा अधिकाँश कम्पनीको उत्पादन घट्नुका साथै कर्मचारी कटौतीमा समेत उल्लेख्य वृद्धि हुन थाले पछि बेरोजगारीको संख्या ह्वात्तै बढेको हो ।
यसरी बेरोजगारी दर बढेपछि रोजगारीको सिलसिलामा कोरिया आईपुगेका नेपालीहरू माथि पनि प्रभाव देखिन थालेको छ । केही नेपालीहरूका अनुसार कम्पनीमा काम घटेपछि न्यूनतम काम पनि हुन नसेको, सिफ्ट छुट्याएर दुई दुई हप्तामा पालो गर्दै काम गर्नु परेको, ईच्छा बिपरित पनि बिदा बस्नु पर्ने बाध्यता रहेको बताउँछन् ।