
गजेन्द्र खालिङ/दोहा - किरात राई यायोक्खा शाखा कतारको आठौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले किराया शाखा कतारको अध्यक्षमा शंकरमान राई सर्वसम्मत चयन गरेको छ।
अध्यक्ष शंकरमान राई, वरिष्ठ उपाध्यक्ष सीता राई, प्रथम उपाध्यक्ष गजेन्द्र राई, द्वितीय उपाध्यक्ष राजकुमार राई, महासचिव पुर्ण बहादुर राई, सचिव राजु राई, कोषाध्यक्ष जीवन राई, सह कोषाध्यक्ष दिल कुमार राई, संस्कृतिक संयोजक सुक्र कुमार राई, महिला बिभाग संयोजक आशा राई लगायत १३ जना सदस्य सहित २३ जनाको कार्यसमिति चयन गरिएको छ।
गत अक्टोबर १ तारिख शुक्रबारको दिन किरात राई यायोक्खा शाखा कतारको आठौं अधिवेशन २०७८ संस्थाका अध्यक्ष बिमल राईको सभापतित्वमा नेफिन कतारको अध्यक्ष पुरुषोतम सुनुवारको प्रमुख आतिथ्यमा दोहाको नज्मा स्थित सुन्दरबन रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा एनआरएनए एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तता मुसलमान, नेफिन कतारमा आवद्ध मातृ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु,अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संस्थाका सल्लाहकार तथा पुर्वअध्यक्षहरु, कार्यसमिति, कलाकार लगायत कतारमा कार्यरत किरात राई दाजुभाई तथा दिदी बहिनिहरुको उपस्थितिमा सामाजिकदूरी कायम गर्दै उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको खुल्लासत्रमा उपस्थित मातृ संस्थाका अध्यक्षहरु, एनसीसी कतारका अध्यक्ष मुसलमान, प्रमुख अतिथिको रुपमा उपस्थित नेफिन कतारका अध्यक्ष पुरुषोतम सुनुवार लगायतका बक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए ।
आयोजित सम्पन्न आठौं अधिवेशनको निर्वाचन समितिको संयोजक एकराज राईको समंयोजकत्वमा भएको निर्वाचन प्रकृयाबाट अध्यक्ष पदमा शंकरमान राई निर्विरोध निर्वाचित भएका हुन्।