‘दोहोरीमा अश्लिलता हैन, ग्ल्यामर चाहिन्छ । नत्र, मजै आउदैन् ।’ – कोमल ओलि


काठमाण्डौँ – लोक गायिका तथा राष्ट्रिय सभा सदस्य कोमल ओलिले नेपालको जस्तो लोक साहित्य कुनैपनि मूलुकमा नभएको बताईन् ।


इनेपाल रोधि घरको शुभारम्भ पछि राखिएको मन्तव्यमा सांसद ओलिले तत्काल सवाल जवाफ गर्ने साहित्य विश्वमै नभएकाले दोहोरी गीतको संस्कृतिलाई गति दिन आवश्यक रहेको बताईन् ।


उनले भनिन्, ‘दोहोरीमा अश्लिलता हैन, ग्ल्यामर चाहिन्छ । नत्र, मजै आउदैन् ।’अति नै सुसस्कृति गीत मात्र पनि हैन ।’ ग्ल्यामर विना दोहोरीमा आकर्षण नबढ्ने उनको भनाई छ ।


‘दोहोरीमा नजिस्के के को मजा ?’सांसद कोमलले भनिन् । कानुन निर्माणका लागि आफू भएकाले दोहोरी गीतलाई अघि बढाउन लोक कलाकारलाई आग्रह गरे ।