
श्रोत- सिएनएन ।राष्ट्र्पति डोनाल्ड ट्रम्पलाई तुरुन्त बर्खास्त गर्न माग भएको छ ।डेमोक्र्याटिक दलका सिनेटर नेता चक शुमरले २५ औं संशोधनलाई आह्वान गरेका छन ।उन्ले उपराष्ट्रपति माईक पेन्सलाई यस्को कारवाही अगाडी बढाउन आव्हाव गरेका हुन ।
“अमेरिकी क्यापिटल(सदन)मा हिजो के भएको थियो ? त्यो संयुक्त राज्य अमेरिका विरूद्ध विद्रोह थियो ।राष्ट्रपति ट्म्पले भेला भएका उन्का समर्थकलाई उक्साए ।राष्ट्रपतिले एक दिन बढी पद लिन हुँदैन, “शूमरले विज्ञप्तिमा भनेका छन ।२५ औं संशोधन असफल र असक्षम राष्ट्रपतिलाई हटाउन अन्तिम सहाराको रूपमा छलफल हुँदै आएको छ ।माईक पेन्सले यसलाई स्विकार गर्नु पर्ने भएकोले सुमरले आव्हान गरेका छन ।