सत्ता हस्तान्तरणका लागि प्रतिबद्ध छु डोनाल्ड ट्रम्प ।

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः चुनावमा आफ्नो पराजय स्वीकारेका छन् । अमेरिकी संसदमा बुधबार भएको ह’मलापछि ट्रम्पलाई राष्ट्रपति पदबाट तत्काल हटाउनु पर्ने माग चर्किएका बेला उनले चुनावमा आफ्नो पराजय स्वीकारेका हुन् ।अहिलेसम्म चुनावमा धाँ’धली भएको आधारहीन दाबी गर्दै आएका ट्रम्पले ट्वीटरमा एउटा भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘कंग्रेसले चुनावी नतिजा प्रमाणित गरिसकेको छ । अब नयाँ प्रशासनले जनवरी २० मा आफ्नो जिम्मेवारी सम्हाल्दैछ । अब मेरो सबै ध्यान शान्तिपूर्ण र विधिपूर्वक रुपमा सत्ता हस्तान्तरमा केन्द्रित हुनेछ ।’

ट्रम्पले वासिङ्टनमा भएको हिं’सा’त्मक प्रदर्शनले आफूलाई आ’क्रोशित बनाएको पनि बताएका छन् । हिं’सा’त्मक प्रदर्शनलाई रोक्न आफूले तत्काल नेसनल गार्ड र संघीय सुरक्षा निकायलाई परिचालन गरेको पनि ट्रम्पले दाबी गरेका छन् ।‘अमेरिका सधैँ कानुन र व्यवस्थाको देशका रुपमा रहेको छ । क्यापिटल हिल्समा भएको हिं’सा’त्मक प्रदर्शन र आ’क्र’मणमा सहभागी व्यक्तिले अमेरिकालाई प्रतिनिधित्व गर्दैनन्,’ ट्रम्पले भने । आफ्नो चुनावी क्याम्पेनले सधैँ अमेरिकी प्रजातन्त्रका लागि लडेको र मतदाताको वैधताका बारेमा प्रश्न उठाएको पनि उनले स्मरण गराएका छन् ।

अबको समय पीडामा ‘मलम लगाउने र मेलमिलाप’ को भएको पनि उनले बताएका छन् । सन् २०२० महामारीले गर्दा हजारौंको ज्यान गएको र निकै दु:खदायी भएको बताउँदै अब सबै मिलेर यसले विभिन्न क्षेत्रमा पुर्याएको क्षतिलाई पुन: उकास्ने समय आएको पनि उनले बताए ।ट्रम्पले भिडियो सन्देश जारी गर्नअघि दुवै सदनका विपक्षीहरूले उनलाई राष्ट्रपति पदबाट हटाउन माग गरेका थिए। सभामुख न्यान्सी पेलोसीले ट्रम्पलाई जिम्मेवारीबाट नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने चेतावनी दिएकी थिइन् ।

डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताएका थिए । ट्रम्पले यही जनवरी २० मा राष्ट्रपति पद जो बाइडनलाई हस्तान्तरण गर्नुपर्नेछ ।अमेरिकी संसद् भवनमा दुई शताब्दीपछि पहिलो पटक बुधबार ह’म’ला भएको थियो । सन् १८१२ को यु’द्धपछिको पहिलो भएको यो ह’म’लामा चार जनाको मृत्यु भएको थियो भने ६८ जना पक्राउ परेका छन् ।

यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अमेरिकी संसदमा भएको हिं’सा’का लागि राष्ट्रपति डोनाल्ड ट्रम्प जिम्मेवार रहेको बताएका छन् । ट्रम्पले आफ्ना समर्थकलाई हिं’साका लागि संसदमा छिर्न उक्साउने काम जोनसोनले आरोप लगाएका छन् ।‘यस्तो लाग्छ कि संसदमा छिरेर हिंसाका लागि उक्साउने काम राष्ट्रपति ट्रम्पबाटै भएको छ, लगातार निष्पक्ष चुनावको नतिजामाथि प्रश्न उठाइरहेका ट्रम्पको यो सरासर गलत कार्य हो,’ जोनसनले भने ।