जो बाइडेनलाई स्वागत नगरी फ्लोरिडा उड्दै डोनाल्ड ट्रम्प ।
श्रोत- सिएनएन/एबिसी न्युज,अमेरिकाको १५० बर्षको इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगरी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्लोरिडा उड्ने भएका छन । २०१७ मा पूर्व राष्ट्रपति बाराक ओबामाले उनलाई स्वागत गरेका थिए । ऐतिहासिक संस्कार बिधिलाई लत्याएका छन् । ट्रम्प करिव ६ दिन देखि सार्वजनिक भएका छैनन भने प्रथम महिला करिव १५ दिन देखि सार्वजनिक भएकी छैनन ।ट्रम्पको अन्तिम दिन जनवरी १९ मंगलबार परेकोले उनले आफू,आफ्ना परिवार र आफ्ना आसेपासे सहित करिव एक सय जनालाई आममाफी दिने सम्भावना रहको छ ।अमेरिकी ईतिहासमा यसरी राष्ट्रपति पद छोड्ने बेलामा आफुलाई समेत आमामाफी गर्ने संबिधानले दिएकोले उनले मंगलबार कुनै पनि बेला घोषणा गर्ने समाचार बाहिर आएका छन ।
उनले अहिले सम्म चुनाव हारेको स्वीकार सम्म गरेका छैनन भने बाइडेनले धाधली र चोरेर चुनाव जितेको भनि झुटो सूचना प्रचार गर्दै आई रहेका छन ।ट्रम्पले अन्तिम पटक आगामी बुधवार मेरील्याण्डको सैन्य हवाई अड्डामा सैनिक प्रदर्शन ,सैनिक प्रमुखको साथै समर्थकहरू,उनका प्रशासनका वर्तमान र पूर्व अधिकारीहरू र अतिथिहरुको ठूलो भीड लगाई एक विशाल रातो गलैचा ओछ्याउन इक्षा गरेका छन । सैनिक सलामी पनि अन्तिम पाउने छन ।
बाइडेनको उद्घाटन सुरु हुनु ४ घण्टा अगाडी बुधबार बिहान ८ बजे मेरील्याण्डको सैन्य अड्डा एन्ड्रयूजको संयुक्त आधार एन्ड्रयूजमा हुने कार्यक्रमको लागि व्हाइट हाउसबाट आमन्त्रित गरिएको छ ।राष्ट्रपतिको रूपमा आफ्नो अन्तिम ट्रम्प आफ्नो निजी मार-ए-लागो रिसोर्ट (बिश्रामप्रद)र फ्लोरिडाको पाम बीचमा रहेको निवासमा वायुसेनाको बिमानबाट अन्तिम पटक उड्ने छन ।