दोस्रो व्याचको भर्ना लिदै थुलुङ दुधकोशी बहु–प्राविधिक शिक्षालय

सोलुखुम्बु – डिप्लोमा इन सिभिल इन्जिनियरिङ (३ बर्षे)कोर्षमा दोस्रो व्याचको लागि भर्ना खुला गरेको छ । अघिल्लो बर्ष देखि अध्यापन शुरु गरेको शिक्षालयले इन्ट्रान्सको तयारी गरेको छ ।

पहिलो व्याचमा ४४ विद्यार्थीलाई अध्यापन गराउदै आएको शिक्षालयले ४८ जनाको कोटामा भर्ना खुला गरेको हो । त्यसमध्ये ७ जनाले छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाउनछन् ।

४ जनाले प्रदेश स्तरिय सिटिइभिटी, २ जनाले थुलुङ दुधकोशी गाउँपालिका र एक जनाले शिक्षालयको तर्फबाट जेहेन्दार छात्रवृत्ति प्राप्त गर्ने शिक्षालयका कार्यक्रम संयोजक नवराज बस्नेतले जानकारी दिए । अन्य प्रशिक्षार्थीले पुर्ण शुल्कमा अध्ययन गर्नुपर्नेछ ।

पहिलो व्याचलाई (३ बर्षे कोर्ष)बार्षिक २ लाख ५० हजारमा अध्यापन गराएको शिक्षालयले शुल्कमा १० प्रतिशतले बृद्धि गरि दोस्रो व्याचबाट लागू हुने गरि २ लाख ७५ हजार शुल्क निर्धारण गरेको छ ।

कोर्ष ६ सेमेष्टरमा अध्ययन–अध्यापन गरिने शिक्षालयले जनाएको छ ।