दुधकोशी निरन्तर बगिरहन्छ
छोडेर एक्लै बगर
दुधकोशी कै छाती माथीको
साँघु तरेर
म पनि शहर पसेको हुँ
छोडेर आफ्नै गाऊबेशी
हिडेको बाटोमा
पाईलताका डोपहरु मेटिए पनि
खै कहाँ मेटिदो रहिछ र ?
सम्झनाका झरिलो यादहरु ।
बरु म संगै छुटेका छन
गोठालो जादाको माईला राई
मेला पातमा
अर्म पर्म लगाउदाको
साथी संगीहरु
मिलेर बसेका चराहरुको बस्ती
डाडाँ पारिको सालघारी
बिहानी पाखाँ उदाउदै
घाँमले बनाएको बस्ती हरुको
सिमारेखाहरु
तर यादहरुको सीमा
खै कहाँ हुदो रहिछ र ?
गुराँसे डाडाँ छेके जस्तो
भुई कुईरोले ढाके जस्तो
छेक्न ,मेट्न कहाँ सकिदो
रहिछ र ?
सधै..
सम्झनामा प्रिय आफ्नै
गाउँ बेशी ।
✍️गौतम सागर राई
सोलुखुम्बू ।