
काठमाडौं । सहिद स्मारकए डिभिजन लिग फुटबल अन्तर्गत दुई वटै खेल बर्षाका कारण स्थगित भएको छ ।
हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएपनि भारी वर्षा र चट्याङको कारण स्थगित भएको हो ।
खेल ७१ औं मिनेटमा रोकिएको थियो । त्यहिँ समयबाट दुई टोलीबीचको खेल हुनेछ । हिमालयन र आर्मी १-१ गोलको बराबरीमा रहेका छन् ।
बाँकी समयको खेल आइतबार दिउँसो साढे ४ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
त्यस्तै संकटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल पनि स्थगित भएको छ ।
च्यासल खेल मैदानमा जारी खेल भारी वर्षा र चट्याङको कारण स्थगित भएको हो । संकटाविरुद्ध जावलाखेल १-० ले अघि रहेको छ । यस खेल ५१ औं मिनेटमा रोकिएको थियो।
बाँकी समयको खेल आइतबार दिउँसो साढे १ बजे एन्फा कप्लेक्समा सुरु हुने एन्फाले जनाएको छ ।