अक्टाेबर महिनामा नेपालमा १ लाख १७ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बाेर्डका अनुसार अक्टाेबरमा १ लाख १७ हजार ३ सय ६ जना पर्यटक आएका छन् ।
अक्टाेबरमा सबैभन्दा धेरै भारतबाट १८ हजार ४ सय ८० जना पर्यटक आएका छन् । यस्तै अमेरिकाबाट १४ हजार ८ सय ७९, बेलायतबाट ८ हजार २ सय १७, चीनबाट ६ हजार ८ सय ८०, अस्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९ सय १६, फ्रान्सबाट ५ हजार २ सय ७१, बङ्गलादेशबाट ४ हजार २ सय ९२, श्रीलङ्काबाट २ हजार ५ सय ७ र इटालीबाट २ हजार ४ सय ६७ जना पर्यटक आएका छन् ।
याे अङ्ग्रेजी वर्षकाे १० महिना अर्थात् जनवरीदेखि अक्टाेबरसम्म नेपालमा ८ लाख ९ हजार ६ सय ७८ जना पर्यटक नेपाल आएका छन् । याे सङ्ख्या काेराेना महामारी शुरु हुनुअघि सन् २०१९ काे तुलनामा ६ प्रतिशतले धेरै हाे ।