एपिएफको जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत भएको खेलमा विभागीय नेपाल एपिएफ फुटबल क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ ।

अर्मान्ड विडोमको निर्णायक गोलमा एपिएफले मछिन्द्रलाई १–० ले पराजित गरेको हो । अर्मान्डले पहिलो हाफमा गरेको गोल नै एपिएफको जितमा निर्णायक बन्यो । त्रपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा अर्मान्डले ३९औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

यस जितसँगै एपिएफ १० खेलबाट १४ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित मछिन्द्र १३ अंक जोडेर नवौं स्थानमा झरेको छ ।