गार्मा स्वास्थ्य चौकीलाई हिमालयन केयरको सहयोग

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा स्वास्थ्य चौकीलाई सामाग्री सहयोग प्राप्त भएको छ ।

हिमालयन केयर फाउण्डेसनका अध्यक्ष सानाम ग्याल्जेन शेर्पाले कोरोना रोकथाम तथा न्युनिकरणका लागि ६ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा र वडा वडाध्यक्ष लालमान श्रोष्ठको उपस्थितीमा सामाग्री स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।

१५० थान एन्टिजेन किट, पल्स अक्सिमिटर ४ थान, मास्क, पिपिई सेट लगायतका सामाग्री सहयोग प्राप्त भएको स्वास्थ्य चौकी ईन्चार्ज सुवास तामाङले जानकारी दिए । तामाङका अनुसार प्राप्त सामाग्ी वडाका विभिन्न स्वास्थ्य संस्थालाई वितरण गरिएको छ । वडामा क्रियाशिल रहेको १० जना स्वास्थ्य स्वयमसेविकालाई मास्क लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको तामाङको भनाई छ ।

शनिबार देखि शंकास्पद लक्षण देखिएका व्यक्तिको एन्टिजेन परीक्षण कार्य शुरु गर्ने र जनप्रतिनिधि, स्वास्थ्यकर्मी घरघरमै पुगेर जनचेतना फैलाउने तयारी गरिएको छ ।