
- गौतम सागर राई
- कोलोराडो अमेरिका ।
- कथा-पातलो फुसको छानो ढुंग्रे बाँसको कप्टेरोले बारेको सानो झोपडी घर , कहिले चैत्रको आधिहुरिले उडाउन खोज्छ ,कहिले बर्षातको झरिले चुनौती दिन्छ । आमा बुवाको सपना पोक्चे बाबु माथिछ ,घरको अवस्था साह्रै नाजुक भए पछी पोक्चेको बुवा धन कमाउन आमा ,पोक्चे ,२ बैनी हरु लाई छोडेर मुग्लान पस्छन तर कहिलै नफर्किने गरी । पोक्चे हरेक बर्ष दशै आउँदा पछाडी रुपसाइट झोला बोकेर आउने बटुवा हरु आफ्नै बुवा हो कि भनेर पर ....सम्म हेरिरन्छ । बिचारा उसको कलिलो मस्तिष्क भित्र रहर ,आशा बाहेक अरु के नै सोच्न सक्ने क्षमता छ र ? यसरि नै थुप्रै बर्ष दशै आए गए तर मुग्लान पसेको बुवा कहिलै फर्किएन्न , बिस्तारै समय बित्दै गयो । पोक्चेको चेतना पनि अलि परिपक्क हुँदै गयो , घरको जेठो सन्तान भएकाले आमाको आश,भरोसा ऊँ माथि नै थियो , आमा दिन भरी कहिले अरुको खेतबारी कहिले आफ्नै बारिमा दशनंग्रा खियाउन थाले पोक्चे बिहान एक लगानी काम गरेर स्कुल भ्याउथे । पढ्नु पर्छ र यो समाजमा केहि गर्छु भन्ने सपना छ पोक्चे संग ।कुनै समय पारी बनमा कोइली रोयो भने आमा टोलाएर रुन्थिन अनि पोक्चे ले सोध्थे आमा के भयो ?
आमाले जवाफ दिन्थिन छोरा रातो गुराँस हरु पाँखा भरी फुलेछन हेर त .......।
- त्यो समय देशमा दन्द्द थियो जता ततै अस्तब्यास्त पोक्चेको पनि मा.बी.तहको पढाइ गाउँमा स्कुल थिएन त्यसैले एक घण्टाको पैदल यात्रा गरेर अर्को गाउँ अध्यायन गर्न जानु पर्थ्यो । हात्तिछाप चप्पल पोक्चेलाई प्यट प्याट ....पड्काउदै हिड्न खुब मन पर्थ्यो । चप्पल ले पछाडी बाट हिलो टाउको सम्म छ्यापिदिन्थ्यो , संकटकाल भएकोले कहिले आर्मिको घेरा भित्र स्कुल जानु पर्थ्यो त कहिले माओवादिको बुर्जुवा शिक्षाको भाषण सुन्नु पर्थ्यो । माओवादिले पोक्चेलाई धेरै पटक फकाएको थियो परिवर्तन गर्न हिड्नु पर्छ भनेर तर पोक्चेको मनले पट्कै मानेन, एकल आमा र दुई बहिनी हरुको आश भरोसको शिखर ऊँ आफै थियो । समाजमा एकल महिला र गरीब लाई हेर्ने दृष्टिकोण गरिने ब्याबहार को एउटा पात्रो उसको परिवार थियो । सायद त्यसैले होला ऊँ हडी र आटी स्वभाबको बन्दै गयो । एस .एल .सि .को तयारिमा जुट्दै थियो पोक्चे पल्लो गाउँको बस्नेत काजिले शहरमा पढेर ठुलो हाकिम बन्यो रे भन्ने गाउँभरी हल्लाह चल्यो । पोक्चेको मन भित्र पनि अब एस .एल .सि .पास गरेर शहर पस्ने भुत चडिसकेको थियो ।
- पोक्चेले सेकेन्ड डिभिजनमा एस .एल .सि .पास गर्यो । घरमा हर्षको आँसु झर्यो ,पोक्चेको आमाले छोरा मास्टर भयो अब सुखको दिन आयो भन्ने सोच्थिन । घर नजिकै प्रा .बि . स्कुल मा निजी श्रोतबाट मास्टरको जागिर खुलेको छ रे २५०० सय दिन्छ रे छोरा खाउँ घर कै मिठो मसिनो खाएर चोखो पैसा बच्छ ।केहि बर्ष पछी झ्यालै-झ्याल भएको ढुंगाको घर निलो च्यादरको छानो हालेर बनाउनु पर्छ तर पोक्चे जसरि नि आमा लाई मनाएर शहर छिर्न चाहन्छ । उसले सुनेको गाउँमा भन्दा शहरमा धेरै अवसर पाइन्छ रे ...।
- भर्खर २०६२-६३ को आन्दोलन पछी देशमा गणातन्र आएको थियो । सबै लाई चासोको बिषय थियो । एक दिन पारी गोठमा बखते काका र बिरे काका चोया कार्दै ,रेडियो नेपालको समाचार सुन्दै भने -
- बखते काका - हैन यो गणतन्त्र , लोकतन्त्र भनेको कस्तो हुन्छ ?
- बिरे काका - ह्याँ...छोडी दिउँ यि यस्तै चोया कर्यो , डोको बुन्यो गोठ बस्यो ,यस्तै हो गणतन्त्र , लोकतन्त्र ।
- पोक्चे लाई यो कुराले दिमागमा छोयो । सबै भन्दा ठुलो शिक्षा रहिछ ,अनी परिवर्तन ब्यात्ती आफु बाट , त्यस पछी मात्र समाज परिवर्तन गर्न सकिन्छ । उसले सोच्यो जसरि भए पनि केहि अनुभव लिन अवसर र चुनौतिको सामना गर्न शहर जानु पर्छ ।पोक्चेले आमा लाई सम्झायो ।
आमा .... !
संसारमा मान्छे हरु हाम्रो जस्तै दुख बोकेर बाँच्ने हरु धेरै छन दुख त केहि होइन बुझ्नु ठुलो कुरा हो । फेरी यो हाम्रो समाजको लागी केहि गर्नुछ मैले । म शहर जान्छु , दुख गरेर पढ्छु , पल्लो गाउँको बस्नेत काजी दाजु जस्तै हाकिम भएर फर्किन्छु आमा ! - अन्तिममा माटो जस्तै गलिन आमा ! पिरा ओछ्याएर टुसुकै बसिन पिडिमा , अनि भनिन पोक्चे छोरा तेरो बुवा जस्तै उतै नहराउनु ,बाँघले खान नसक्ने छोरा होस ,आटी हुनु ! अरु लाई ढाटेर छलेर नखानु ,लु ...जा जा....शहर तिमी लाई मेरो सधै आशिर्बाद छ ।
- त्यो दिन देखी पोक्चे शहर पस्यो ......।
बाँकी भाग अर्कों अंकमा ।