गायिका जुनी खालिङ राईले “तिनपाने तुरुक्कै” बजारमा ल्याइन (म्युजिक भिडियो सहित)

धरान - चर्चित गायिका जुनी खालिङ राई, गायक आशिष राईको युगल आवाजमा रहेको पुर्वेली लोक गीत “तिनपाने तुरुक्तै” गायिका जुनी खालिङ राईको युटुब च्यानल मार्फत हिजो सार्वजनिक गरेकी छिन्।

गायिका जुनी खालिङ राईले एक पछि अर्को गीत ल्याउने क्रममा भर्खरै पुर्वेली लोकभाका “तिनपाने तुरुक्कै” बजारमा ल्याएकी हुन् ।  गायिका राईले सार्वजनिक गीतमा संगीत दिएर संगीतकारको रुपमा आफ्नो परिचय दिएकी छिन् ।

गीतकार जीवन खालिङ राईको शब्द रचना रहेको गीतको म्युजिक संयोजन पदमराज थापा मगर, छायांकन तथा इडिटीङ राज बान्तावा राई गरेका गीतको पुर्वाञ्चल रेकर्डिङ स्टुडियो इटहरी, ओपेरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने मिक्सिंग मास्टरिङ मुस्कान मुकारुङले गरेका हुन्।

भिडियो यहाँ हेर्नुस्