गायिका सशिका राईले ल्याए “तिमी तिरै...!” (भिडियो सहित)
काठमाण्डौ । गायक सनिश श्रेष्ठ र गायिका सशिका राईको म्युजिक भिडियो “तिमी तिरै...!” देवेश सशिका युटुब च्यानल मार्फत गायिका सशिका राईले सार्वजनिक गरेका छन् ।
चर्चित गायक तथा संगीतकार देवेश राईले संगीत भरेका म्युजिक भिडियो पछिल्लो समय राम्रो ऐरेन्ज समेत गर्दै आएका राईले नै गरेका हुन् । यस गीतको ऐरेन्ज, रेकर्डिङ, मिक्सिंग तथा मास्टरिङ समेत राईले नै गरेका छन् । नेपाली तारा सिजन-३ मार्फत आफ्नो परिचय स्थापित गरेका राईले नेपाली सांगीतिक फाटमा छुट्टै परिचय दिएका छन् ।
गीतकार लेखु सहयात्रीको शब्द रहेको यस गीतको प्राविधिक पक्षको राम्रो संयोजन गरेका राईले आफ्नै स्टुडियोमा रेकर्डिङ गरेका छन् । बाँसुरी बादक कलाकार रत्न विश्वकर्माको मिठो बाँसुरीको धुन समेत रहेको म्युजिक भिडियोको छायांकन प्रविन राईले गरेका हुन् ।
म्युजिक भिडियो यहाँ हेर्नुस्