
हाम्रो आवाज न्युजडटकम - नौ डाँडा पारि नौ रंङ्गी डाँफे नौ फूल नटिप
एक थुँगा तिमलाई एक थुँगा मलाई
एक थुँगा मायालाई...
बोलको अत्यान्तै मीठो शब्द सङ्गीत र स्वरको सम्योजन मिलेको गितको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ।
गितकार मन्जुलको शब्द, बिनोद स्याङ्देनको सङ्गीत अनि लोकप्रीय गायक सुरज कुमार थापाको स्वरमा यहिँ साता गायक सुरज कुमार थापाको आफ्नै अफिसियल युट्युब च्यानल सुरज कुमार थापाको आधिकारिक युट्युब च्यानल मार्फत यो गित सार्बजानिक भएको हो।
प्रज्ञा एच.डि रेकर्डिङ स्टुडियो थापागाउँमा साउण्ड ईन्जिनियर शम्भु कुमार तण्डुकारले रेकर्डिङ तथा मिक्सिङ गरेको एल्बम "चिनारी" को यो गितको संङ्गित सम्योजन पनि गायक स्वयं सुरज कुमार थापाकै रहेको छ।
धमेन महर्जनले छायांकन गरेको यो म्युजिक भिडियोमा देवकी बोहराको साथमा गयक सुरज कुमार थापाकै अभिनय रहेको यो म्युजिक भिडियोको सम्पादन शिबु श्रेष्ठले गरेका हुन।
समग्र म्युजिक भिडियोको श्रृङ्गार र कला पक्षमा शरण महर्जन र निरु बस्नेतले महत्वपुर्ण भुमिका खेलेका छन भने यो म्युजिक भिडियोको निर्देशन, निर्देशक सन्तोष बस्न्यातले निर्देशन गरेका हुन।
निक्कै उत्कृष्ट शब्दमा सालिन संङ्गितले अझ गितलाई माथिल्लो उचाईँमा पुर्याएको त्यत्तिकै आभाष हुन्छ। अझै उत्कृष्ट श्रेणिको माधुरिय, सालिन अनि भद्र गायकीले शब्द र संङ्गितको त्यो उचाईँलाई राम्रो संङ्ग छोएर गितलाई अझ जिबन्त तुल्याएको छ।
धेरै गित हरुमा आफ्नो स्वर दिई सकेका परिपक्व अनि लोकप्रिय गायक सुरज कुमार थापाको गित सङ्गीत हरुले छुट्टै आनन्द र मनोरन्जन दिने गर्दछ। गायक थापाले एउटा राम्रो गित बन्नको लागि शब्द, सङ्गीत नै पहिले राम्रो हुनुपर्ने कुरामा जोड दिँदै एउटा राम्रो गितको क्रेडिट पहिले गितकार र संङ्गितकार लाई नै दिनुपर्ने कुरा बताउँछन।
सालिन अनि भद्र स्वाभाबका गायक सुरज कुमार थापा अहिले देश बिदेशमा चर्चा कमाई रहेको लोकप्रिय "ब्याण्ड" नेपथ्य ब्याण्डको टिममा पनि आवद्ध भई महत्त्वपूर्ण भुमिका खेलिरहेका छन।
बजारिया लहडमा उछ्रीङ्खल गितहरुको बाढी चलिरहेको यो बजारमा यो गित भने बजारको लागि मात्र नभई ईमान्दार सालिन र भद्र गित संङ्गितको श्रोता अनि सुगम सङ्गीत तथा कालजयी गित संङ्गितको पक्षधरता हरु हरुको लागि बिशेष यो गित बनेको कुरा गयक सुरज कुमार थापाले हाम्रो आवाज न्युजडटकमलाई बताए।
पुरै गितको शब्द र भिडियोको लिङ्क तल...
१) नौ डाँडा पारि नौ रंङ्गी डाँफे नौ फूल नटिप
एक थुँगा तिमलाई एक थुँगा मलाई
एक थुँगा मायालाई।
२) आमाले भेटे सयपत्री फूल शीरको लाइदिउँला
बाबुले भेटे चमेली फूल पोल्टीको फोइदिउँला
नौ डाँडा पारि नौ रंङ्गी डाँफे नौ फूल नटिप
एक थुँगा तिमलाई एक थुँगा मलाई
एक थुँगा मायालाई।
३) देवीथान भेटे लालपाती फूल राखेर हिँडौला
देउराली भेटे भीमसेन पाती भाकेर हिँडौला
नौ डाँडा पारि नौ रंङ्गी डाँफे नौ फूल नटिप
एक थुँगा तिमलाई एक थुँगा मलाई
एक थुँगा मायालाई....