
हाम्रो आवाज न्युजडटकम- युवा गायक सुरज मादेन लिम्बु र गायिका तारा लिङदेनको “पिपल बिना” बोलको गित “Suraj Maden Limbu Official” युट्युब च्यानलबाट यसै साता सार्बजनिक भएको छ। राज चाम्लिङको शब्द तथा संगित रहेको यो गितलाई पदम राणा मगरले संङित संयोजन गरेका हुन भने राजु कार्किले यस गितको मिक्सिङ गरेका छन।
सेवा रेकर्डीङ स्टूडीयो अनामनगरमा रेकर्ड भएको यो युगल प्रेमिल आधुनिक गितको अफिसियल म्युजिक भिडीयोको निर्देशन बिजय मगरको रहेको छ, भने सनम तामाङको छायाँङ्कण र राजन खड्काको भिडीयो सम्पादन रहेको छ।
धेरै राम्रा-राम्रा गितहरु गाएर असल गायकको परिचय बनाउँदै लोकप्रियताको सिखर उक्लिदै गरेका युवा गायक सुरज मादेनको परिपक्व गायकि संङ्ग गायिका तारा लिङदेनको अत्यान्तै सालिन अनि मिठो गायकिले यस गितको शब्द र सङगितलाई खुब सुहाएको छ। प्रेमिल भाव बोकेको अत्यान्तै अनुसासित शब्द, संङित, संङित संयोजन र गायकि रहेको यो सालिन गितलाई दर्शक तथा श्रोताहरुले मनपराई दिने कुरा प्रति आफुहरु बिश्वस्त रहेको कुरा यस गितको निर्माण पक्षले हाम्रो आवाज न्युजडटकम लाई बताए।
पुरा भिडीयोको लिङ्क तल…..