गायक सुरज मादेन र गायिका तारा लिङदेनको "पिपल बिना" म्युजिक भिडीयो सार्बजनिक ​

हाम्रो आवाज न्युजडटकम​- युवा गायक सुरज मादेन लिम्बु र गायिका तारा लिङदेनको “पिपल बिना” बोलको गित “Suraj Maden Limbu Official” युट्युब च्यानलबाट यसै साता सार्बजनिक भ​एको छ। राज चाम्लिङको शब्द तथा संगित रहेको यो गितलाई पदम राणा मगरले संङित संयोजन गरेका हुन भने राजु कार्किले यस गितको मिक्सिङ गरेका छन​।

सेवा रेकर्डीङ स्टूडीयो अनामनगरमा रेकर्ड भ​एको यो युगल प्रेमिल आधुनिक गितको अफिसियल म्युजिक भिडीयोको निर्देशन बिजय मगरको रहेको छ, भने सनम तामाङको छायाँङ्कण र राजन खड्काको भिडीयो सम्पादन रहेको छ।

धेरै राम्रा-राम्रा गितहरु गाएर असल गायकको परिचय बनाउँदै लोकप्रियताको सिखर उक्लिदै गरेका युवा गायक सुरज मादेनको परिपक्व गायकि संङ्ग गायिका तारा लिङदेनको अत्यान्तै सालिन अनि मिठो गायकिले यस गितको शब्द र सङगितलाई खुब सुहाएको छ। प्रेमिल भाव बोकेको अत्यान्तै अनुसासित शब्द, संङित, संङित संयोजन र गायकि रहेको यो सालिन गितलाई दर्शक तथा श्रोताहरुले मनपराई दिने कुरा प्रति आफुहरु बिश्वस्त रहेको कुरा यस गितको निर्माण पक्षले हाम्रो आवाज न्युजडटकम लाई बताए।

पुरा भिडीयोको लिङ्क तल…..