गजल

गजल -

दिन नभई सधै निष्पट रात हुन्छ कहाँ
पिरतिमा यस्तै  हुँदा जात हुन्छ कहाँ

मन भित्र अन्तरंग कल्पनाहरु कल्पिदा
नजिक नभई मिठा-मिठा बात हुन्छ कहाँ

पाउनु र गुमाउनु यस्तै हो जिन्दगीको कथा
तर समातेर छोड्ने निर्दही हात हुन्छ कहाँ

पिएर नै सिद्दिएको रित्तो-रित्तो बोतलमा
कहिलै नपिउने मान्छे संग मात हुन्छ कहाँ

जिन्दगी संग सम्झौता गर्न नसके बाँचुन्जेल
सधै दुखी रहने घाउ जस्तो घात हुन्छ कहाँ ।

✍️गौतम सागर राई
सोलुखुम्बु हाल-अमेरिका कोलोराडो ।