गजल

आफु मरेर जाँदा लाने मलामी कति कमाईन्छ
बस यति नै रैछ बाँच्दा सम्पति कति कमाईन्छ

दुई दिन पाहुना जस्तै रहनु त रहेछ यो धर्तीमा
यहि अवधिमा कसै सँग दुस्मनी कति कमाईन्छ

आखिर चिहान सम्मको यात्रा बिर्सेर जिन्दगी
फेरी पनि जिन्दगीमा दौडि-दौडी कति कमाईन्छ

रिस-राग त्यागौं प्रेमको दृष्टिले हेरौं संसारलाई
र हेरौं  साथमा प्रिय साथी कति कमाईन्छ

लोभ-लालच र घमण्ड यी सब एउटा भ्रम रहेछ
केही अर्थ रह्यो त त्यागी जिन्दगी कति कमाईन्छ ।

✍️पोष कुमार राई