गजल, समयको उपहार...

आश कुमार राई - काठमाण्डौ

समयको उपहार जस्तो पनि हुन सक्छ।
अजंबरी प्रीत हाम्रो जुनै बेला छुट्न सक्छ।।

प्रकृतिको तालिकामा बाँच्नु पर्छ मान्छे सँधै।
अथा: हाम्रो बिष्वास माथी असिनाले चुट्न सक्छ।।

ढुक्क नहोउ समयको रत्ती भर छैन याहाँ।
हाम्रो समीप बिचबाट खहरे भेल बग्न सक्छ।।

भन्छौ तिमी हिमाल झैं अटल छ हाम्रो प्रीत।
धाजा फाटी जुनै बेला चिरा चिरा फाट्न सक्छ।।

# त्यसैले सबै संङ्गत हरु सन्तुलित हुँदा राम्रो हो कि ?