गाउँपालिका को बारेमा मेरो केहि जिज्ञासा

विश्व समुदाय नै माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको चपेटामा परिहरदा हाम्रो देश नेपाल भने केहि सुरक्षित मानिएको भए ता  पनि अहिले त्यसबाट अछुत रहन भने सकेन । विस्तारै शहर हुदै गाउँ,बस्ती र घर-घरमा पुगिसकेको समचारहरु हामि दिन दिनै विभिन्न टेलिभिजन पत्रपत्रिका र रेडियो मार्फत हेर्दै पढ्दै र सुन्दै आइरहेका छौ

हाम्रो देशमा पनि कोराना संक्रमित को संख्या उल्लेख्य मात्रामा वृद्धि भईरहेको छ। यो अवस्थामा सरकारले मित्र राष्ट्र भारत र तेस्रो मुलुकहरुबाट आफ्ना नागारिकहरुलाई स्वदेश ल्याउने प्रतिवद्धता गरिरहेको छ  हुन त अहिले पनि भारत बाट आउने मानिसहरु दिनानु दिन बढिनै रहेका छन् । उनिहरुको उचित व्यवस्थापन र भर पर्दो स्वास्थ्य चेक जाँच हुन सकि रहेको देखिदैन । यद्यपि ति मुलुकहरुबाट ल्याईएका नागरिकहरुलाई आ-आफ्नो परदेश, जिल्ला,नगर तथा गाउँपालिकामै व्यवस्थित तरिकाले पुर्‍याउने भनिरहदा भारत लगाएत अन्य मुलुकहरुबाट आउने मानिसको संख्या हाम्रो गाउँ ठाउँमा पनि पक्कै कम नहोला ।

यहि सन्दर्भमा म मेरो गृह जिल्ला भोजपुर भित्र रहेको हतुवागढी  गाउँपालिका १ मा कोभिड १९ बाट बच्न के कस्ता पुर्वतयारीहरु भए र भईरहेका छन्  भन्ने कुरा जान्ने अभिप्रायले केहि जिज्ञासा राख्ने प्रयास गरेको छु । र यो जिज्ञासा मेरो व्यक्तिगत मात्र नभएर सम्पूर्ण गाउँ जिल्ला तथा देश बाहिर रहनुभएको प्रवासीहरुको  प्रतिनधित्व गर्दै हाम्रो स्थानिय निकाय समक्ष राख्ने कोसिस गरेको छु  र उहाँहरुले पनि मैले जसरी नै आ-आफ्नो जिल्ला,नगर तथा आ-आफ्नो स्थानिय सरकारले हामि प्रवासीहरुका लागि के कस्ता तयारीहरु गरिरहेको छ भनेर सोध्न,बुझ्न र सचेत गराउन सक्नु हुन्छ

र यि  जिज्ञासाहरु सम्बन्धित निकाय गाउँपालिका का सम्बन्धित  व्यक्तित्वहरुबाट सकारात्मक जवाफ निती तथा कार्यक्रमहरुको जानाकारी मिल्छ भन्ने आशा पनि लिएको छु ।हुनत केहि सामाजिक संजालहरुबाट पनि जानकारि लिने काम त भइनै रहन्छ । अहिले भन्ने हो भने सबै भन्दा सजिलो माध्यम फेसबुक,टुईटर नै मानिन्छन् विभिन्न समयमा विभिन्न कार्यक्रम योजना र विकासका

बारेमा  अपडेटहरु गराउने काममा हाम्रो हतुवागढी गाउँपालिका  १ का  प्रमुख हरु बाट पाईनै राखेका हुन्छौ  यस्ता थुप्रै व्यक्तित्वहरु हुनुहुन्छ जसले आफ्नो गाउँ ठाउँको बारेमा हामीजस्ता बाध्यत्मक परिस्थितिलाई आत्मसाथ गर्दै आफ्नो गाउँघर र देश बाट बाहिर रहेकाहरुलाई एउटा उत्साहा तथा  जानाकारी दिलाउने काम गरिरहनु भएको छ यस प्रति हामि आभारि छौ। जसमा हाम्रो पनि साथ र ।

समर्थन सदैव रहनेछ हामि जहाँ भएपनि। यद्यपी अहिलेको यो विषम परिस्थिमा पनि आफ्नो घर फर्किन चाहाने हरुका लागि भने खासै तयारी भएको छ जस्तो मलाई लाग्दैन यो जिज्ञासा पूर्ण लेख तयार गरिरहदा सम्म कोरोना बाट बच्न र रोकथामका बारेमा फाट्टा फुट्ट जानाकारीहरू पाए पनि बाहिरबाट आउने हरुको लागि  भने खासै ठोस कदम चालिएको देखिदैन । केहि अग्रजहरुको फेसबुक वालमा आफ्नो गाउँ टोल सिमानालाई कडाई गर्न तथा सिल गर्ने जस्ता अभिव्यक्ति हरु भने आइरहेका देखिन्छन् ।प्रवेश सिमाना सिल गर्ने साथै कडाई गर्ने  कुरा स्वागतयोग्य नै छ। आफ्नो गाउँ

समाज र टोलको लागि हामि नागरिक सजग हुन जरुरी छ र हुनु पनि पर्छ । र अहिलेको यो विषम परिस्थिमा हामि सबै मिलेर अघि बढ्नुपर्छ भन्ने कुरापनि सहि हो तर । उच्च शिक्षा तथा रोजगारिको अवसर खोज्दै देश तथा  विदेशलाई आफ्नो कर्मथलो बनाएकाहरु अहिलेको यो परिस्थितिमा हामि सबै घर फर्किन चाहान्छौ । यद्यपि तत्कालै फर्कने अवस्था नदेखिए पनि सरकारले कुनै पनि वेला सुरक्षित तवरले फर्कने व्यवस्था मिलाएको खण्डमा हाम्रो हतुवागढि गाउँपालिका  १ ले  के कस्ता तयारी हरु

गरिरहेको छ या गर्दैछ ? यो प्रश्न गर्दै गर्दा वडा १ ले जारी गरेको विज्ञप्ती मा पनि बाहिरबाट आएका हरुको लागि के गर्ने भनेर स्पस्ट धारणा उल्लेख गरिएको पाइएन ।स्वास्थ्य उपचारको लागि के कस्तो व्यवस्थाहरू  मिलाइएको छ ? यदि हामि जस्ता जिल्ला बाहिर बाट आफ्नो जिल्ला, नगर, तथा  गाउँपालिका भित्र प्रवेश गर्दा स्वास्थ्य चेक जाँच र क्वारेन्टाइनको व्यवस्था छकी छैन  यदि छ भने हामि आफ्नो घर फर्किदा कसरी कसलाई सम्पर्क गर्ने वा यसका प्रकृयाहरु के के हुन ?

यसको बारेमा पनि उल्लेख गरिएको छैन मात्रै कोरोनाको सङ्का लागेमा वा अचानक विरामी भएमा सम्पर्क गर्नलाई मात्र स्वास्थ्य कर्मिहरुको नम्बर दिइएको छ।कि प्रवेश  नै निषेध पो हो की ? यदि क्वारेन्टाइनको व्यवस्था पनि छैन र प्रवेश पनि निषेध हो भने हामि कहाँ जाने र किन ? अहिले हामि सबै प्रवासीहरुको मनमा यस्ता थुप्रै प्रश्नहरू  श्रृजना भईरहेको परिप्रेक्षमा हाम्रो स्थानिय सरकारको के योजाना छ हाम्रो लागि ? स्थानिय सिमानामा कडाई गरिनु अथवा सिमाना सिल गर्ने कुरा जायज छ ।

तर त्यो भन्दा पनि महत्वपूर्ण कुरा चै माथि उल्लेखित प्रश्न संग सम्बन्धित कुराहरु हाम्रो गाउँपालिका भित्र सबै ब्यवस्था गरिएको छ की छैन भन्ने कुरा चै अझै महत्वपूर्ण हो की ? अनि अर्को महत्वपूर्ण कुरा बाहिरबाट आएका मानिसहरुले कोरोना लिएर आएका हुन्छन् र गाउँसमाजमा फेलाउछन् भन्ने मानसिकता प्राय मानिसहरुमा पाईन्छ अहिले अनि कतिपय हरुले यसैको कारण दुर्व्यवहार को सिकार भइरहेको कुरा सबैमा विदितै छ ।

संक्रमित बाट टाढा रहनु र स्वास्थ्य सुरक्षा अपनाउनु आफैमा एउटा सरहानीय काम हो तर बाहिर बाट आएकै कारण भेदभाव हुन्छ भने त्यो दर्व्यवहार हो । कुनै पनि व्यक्ति आफु समस्यामा पर्न चाहादैन र आफ्नो घर परिवार र समाजलाई अहिलेको यो महामारीमा होम्याउन चाहादैन ।त्यसैले यस्ता समस्याहरु नआओस भन्नका लागि हाम्रो स्थानिय सरकारले के कस्ता योजनाहरु बनाएको छ ? यी सबै कुराको जवाफ समयमै मिल्छ भन्ने आशा गरेका छौ । म एउटा सामान्य नागरिक भएपनि आफ्नो देश र गाउँको विकास  योजनाको बारेमा जिज्ञासा राख्नु मेरो मात्र नभएर सबै नागरिकको मौलिक अधिकार नै हो।

त्यसैले यी माथिका जीज्ञासाहरु सवै प्रवासीहरुलाई प्रतिनिधित्व गर्दै राखेको छु। र हामि सबै आफ्नो स्थानिय सरकारले दिएको र तोकिएको निर्देशन अनुसार कोभिड १९ को निर्मुल अभियानमा सहभागि हुनेछौ । र हाम्रो गाउँपालीकाले दिएको सबै प्रकारका निर्देशन स्वास्थ्य परिक्षण क्वारेन्टाइन अवधि लगाएत सम्पूर्ण निर्देशन

पालना गरेर कोरोना रहित प्रमाणित गरेपछि मात्र हामि आफ्नो गाउँ घरपरिवार लाई भेट्ने छौ । र मलाई पूर्ण विश्वार छ यदि सबै तयारी नभएको भए पनि चाँडो भन्दा चाँडो मेरो गाउँपालिकाले यो सबै कुराको वन्दोवस्त मिलाएर  भईपरिआउने अप्ठ्यारो परिस्थिमा एकजुट भई अघि बढ्नेछ  भन्ने विश्वास मैले राखेको छु । धन्यवाद!