गीत
दशै आयो तिहार आयो ,परदेशी आउने कहिले
गाउँ घरमा सोध्छन सबै , आफन्तहरुले ।
घरको भित्ता पोतिदैछ रंगहरु सबै सजाएर
आगनिको फूलहरुले मग्मगाउँछन सुसाएर
जमरा र टिका मुछी बाँटो हेर्छिन आमाले
गाउँ घरमा सोध्छन सबै , आफन्तहरुले ।
मादलुको तालमा नाच्दै देउसी भैलो आगनीमा
झिलिमिली रमाईलो वारिपारी गाउँ घरमा
परदेशीले भुल्यो भन्छन साथी संगीहरुले
गाउँ घरमा सोध्छन सबै , आफन्तहरुले ।
✍️ गौतम सागर राई
कोलोराडो अमेरिका ।