गौतम सागर राईको “दशै आयो तिहार आयो “ भिडियो सहित सार्बजानिक ।
✍️हाम्रो आवाज न्यूज । बिगत ६ बर्ष देखी अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा बसोबास गर्दै आईरहेका सर्जक गौतम सागर राई साहित्य ,संगीत , पत्रकारितामा परदेश बाटै सकृय छन ।लगभग ३ दर्जन गीतमा संगीत,स्वर,साथै केही शब्द दिइसकेका राईले फेरी नयाँ गीत “दशै आयो तिहार आयो”सर्बजानिक गरेका छन ।
संगीतकार राईले दुई महिनाको अन्तरालमा ब्याक टु ब्याक चार ओटा गीतमा संगीत भरिसकेका छन । साथै बिदेशको ब्यास्त जिबनलाई ब्यवस्थापन गर्दै नेपाली गीत संगीतमा लागीपरेका छन ।बिशेष गरेर परदेशिको भोगाइलाई आफ्नो पन दिन सक्ने खुबी भएकाले होला राईको खोजी हुन थालेकोछ परदेशी गीतकारहरुको नजरमा ।
यस गीतमा स्वर भ्वाइज अफ नेपालको नक आउटबाट बाहिरिएकी सिक्किम्ली चेली सुदिता राईको रहेकोछ भने शब्द र संगीत गौतम सागर राईको हो ।गीतको एरेन्ज मनोज साङ्सोन राईले र गीतको मिक्सिङ राजु कार्किले गरेका हुन किङ स्टुडियोमा रेकर्डिस्ट सुरेश राईले रेकर्ड गरेका हुन ।
परदेशमा परदेशिलाई चाढ पर्ब आउँदा आफ्नो गाउँ घरमा आफन्त साथी संगीहरुले याद गरेको मिठो बिम्ब प्रस्तुत गरिएकोछ यस गीतमा। गीतको लिप्सिङ छायाङ्कन र सम्पादन जस्केलो क्रियसनले गरेको छ भने यस गीतको भिडियो गौतम सागर राईको अफिसियल युटुब च्यानलबाट सार्बजानिक गरिएकोछ ।
भिडियो लिंक यहाँ ।