
✍️हाम्रो आवाज न्यूज । बिगत ६ बर्ष देखी अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा बसोबास गर्दै आईरहेका सर्जक गौतम सागर राई साहित्य ,संगीत , पत्रकारितामा परदेश बाटै सकृय छन ।लगभग ३ दर्जन गीतमा संगीत,स्वर,साथै केही शब्द दिइसकेका राईले फेरी नयाँ गीत “सिमापारि”सर्बजानिक गरेका छन ।
यस गीतमा स्वर भ्वाइज अफ नेपालको नक आउटबाट बाहिरिएकी सिक्किम्ली चेली सुदिता राईको रहेकोछ भने शब्द र संगीत गौतम सागर राईको हो ।गीतको एरेन्ज मनोज साङ्सोन राईले र गीतको मिक्सिङ राजु कार्किले गरेका हुन किङ स्टुडियोमा रेकर्डिस्ट सुरेश राईले रेकर्ड गरेका हुन ।
सिमापारी परदेशमा थुप्रै बाध्यताहरु बोकेर बिदेशिएका नेपाली युवहाँरुको कथा यस गीतमा समेटिएको छ। गीतको लिप्सिङ छायाङ्कन र सम्पादन जस्केलो क्रियसनले गरेको छ भने यस गीतको भिडियो गौतम सागर राईको अफिसियल युटुब च्यानलबाट सार्बजानिक गरिएकोछ ।
भिडियो लिंक यहाँ https://youtu.be/8oU73A2jQTw